१७ वैशाख २०८३, बिहिबार

सहकारीलाई १ अर्ब १३ करोड

२०७१ असार ३१, मङ्गलबार
सहकारीलाई १ अर्ब १३ करोड

काठमाडौ ३१ असार ।  सरकारले आगामि आर्थिक बर्षका लागि सहकारीलाई १ अर्ब १३ करोड ९२ लाख  ८८ हजार रुपैयाँ छुट्याएको छ । अघिल्लो आर्थिक बर्षमा सहकारीलाई ९६ करोड रुपैयाँ छुट्याएको थियो ।

सरकारले सहकारी मन्त्रालयका लागि बजेट मार्फत अघिल्लो आर्थिक बर्षको तुलनामा बजेट केही बढाएको हो । सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार  मन्त्रालयलाई १५ करोड ५७ लाख ७३ हजार, सहकारी विभागलाई १ करोड ४२ लाख ४२ हजार, सहकारी विकास बोर्डलाई  ६ करोड   र डिभिजन सहकारी कार्यालयलाई  १७ करोड ३२ लाख  ७३ हजार रुपैयाँ छुट्याएको छ ।

यस्तै प्रशिक्षण केन्द्रको लागि ५ करोड ५८ लाख ७५ हजार रहेको मन्त्रालयले जनाएको छ । यस्तै सहकारी  सहकारी सुदृणिकरण  आयोजनाका लागि १७ करोड ४५ लाख ११ हजार र पश्चिम  उच्च पहाडी गरिबी निवारण कार्यक्रमका  लागि ५० करोड ५६ लाख  ४६ हजार छुट्याएको छ । यस्तै सहकारी संघ संस्थाहरुलाई  अनुदानका लागि ५ करोड रुपैयाँ छुट्याइएको बताइएको छ ।

अभिलेख

लोकप्रिय