महिला सहकारीबाट तीन करोड बचत सङ्कलन
पर्सा, २८ असार । महिला सहकारी संस्थाबाट पर्सामा करिब रु तीन करोड बचत रकम सङ्कलन भएको छ ।
महिलाले सङ्कलन गरेर रकम विभिन्न आयमूलक कार्यमा लगानी पनि गरिएको छ । महिला तथा बालबालिका कार्यालय पर्साका अनुसार जिल्लामा हालसम्म २५ वटा महिला सहकारी संस्था क्रियाशील रहेका छन् ।
प्रत्येक सहकारी संस्थामा अध्यक्षदेखि पदाधिकारी र सेयर धनी पनि महिला नै रहेको महिला तथा बालबालिका कार्यालय पर्साकी प्रमुख उमा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले जिल्लामा हाल क्रियाशील रहेका महिला सहकारी संस्थामा ५० हजार महिला आबद्ध रहेको जानकारी दिए ।
पच्चीसवटा सहकारीले हालसम्म रु दुई करोड ३४ लाख ६४ हजार २०८ बचत रकम सञ्चालन गरेको र उनीहरूले आफूहरूले सङ्कलन गरेको रकम आयआर्जन र सीपमूलक कार्यमा लगानी गर्ने गरेको महिला तथा बालबालिका कार्यालय पर्साकी सुपरभाइजर सुनिता प्रसार्इंले जानकारी दिए ।
महिला विकास कार्यालयले पनि महिलालाई हालसम्म करिब रु १० लाख अनुदान स्वरूप रकम प्रदान गरिसकेको महिला तथा बालबालिका कार्यालय पर्साकी महिला कार्यकर्ता सीता अर्यालले जानकारी दिए । पर्सामा महिला विकास कार्यक्रम जिल्लाको सबै ८२ वटै गाविसमा लागू भएको र आगामी आर्थिक वर्षदेखि कार्यक्रमलाई अझै प्रभावकारी बनाउने लक्ष्य रहेको कार्यालयकी प्रमुख श्रेष्ठले बताइन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार