कानुन उलङ्घन गर्ने सहकारीलाई कारबाही हुन्छः रजिष्ट्रार पौडेल
काठमाडौं, २३ असार । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारी ऐन, नियम र मापदण्ड उलङ्घन गर्ने सहकारीलाई कानुनी दायरामा ल्याउने बताएका छन् । सहकारी स्वायत्त र स्वतन्त्र भएपनि नियम, कानुन उलङ्घन गर्नेलाई कानुनी कारबाही गर्ने उनको भनाई छ ।
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) थालेको प्रारम्भिक रुपमा अनुगमन तथा सुपरिवेक्षणको सोमबार उद्घाटन गर्दै पौडेलले केही सहकारीको बदमासी कारण समग्र सहकारीको नराम्रो छाप परेको समेत बताए । मेची महाकालीमा सहकारीले धेरै राम्रा राम्रा काम गरेको उदाहरण भएको समेत उनको भनाइ थियो ।
नेफ्स्कूनले काठमाडांै ४० वटा बचत तथा ऋण सहकारीहरुलाई छनौट गरी अनुगमनको कार्य सुरुवात गरेको जानकारी दिएको छ । आफ्ना सदस्य संस्थालाई प्रभावकारी बनाउन अनुगमन शुरु गरेको जनाएको छ । अनुगमनमा भेटिएका समस्यालाई समाधान गर्ने सल्लाह र सुझाब दिइने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
