१७ वैशाख २०८३, बिहिबार

"एक सहकारी एक सदस्य"को अबधारणालाई व्यवहारमा उर्तान जरुरी

२०७१ असार २१, शनिवार
"एक सहकारी एक सदस्य"को अबधारणालाई  व्यवहारमा उर्तान जरुरी

धुलिखेल २१ असार । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह सचिव सुरेश प्रधानले एकै प्रकृतिका सहकारीका सदस्य अन्य संस्थाको सदस्य हुन नपाउने ब्यवस्थालाई कडाइ गर्नु पर्ने बताएका छन् । सहकारी विभाग र केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको संयुक्त आयोजनामा  आयोजित“सहकारी क्षेत्रमा  क्षमता विकासः अभ्यास र  आगामी कार्यदिशा” बिषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रधानले एक सहकारी एक सदस्यको अबधारणालाई  व्यवहारमा उर्तान आबश्यक रहेको बताए ।

दर्ता गर्ने समयमा नै  बहुल सदस्य हुनसक्ने ब्यवस्थालाई विद्युतीय प्रणाली मार्फत नियन्त्रण वा परिक्षण गर्ने ब्यवस्था गरिनु पर्ने उनको धारण थियो । उनले सहकारी ऐन नियममा सहकारी संस्थाका पदाधिकारीहरुलाई कैद र दण्ड जरिवाना गर्ने कार्य व्यवस्था गर्न आबश्यक रहेको बताए ।

अभिलेख

लोकप्रिय