विद्यालय तथा उच्च शिक्षामा सहकारी पाठ्यक्रम तयार, कार्यान्वयन हुने पक्का
काठमाडौं, १८ असार । सरकारले विद्यालय तथा उच्च शिक्षामा सहकारी विषयको पाठ्यक्रम ल्याउने अन्तिम तयारी गरेको छ ।
कक्षा ९, १०, ११, १२ र उच्च शिक्षाको पाठ्यक्रम तयारी गरी छलफल समेत गरेको छ । सहकारी तथा गरीबी निवारण मन्त्रालयको आयोजनामा विद्यालय तथा उच्च शिक्षामा सहकारी विषयको पाठ्यक्रम तयारी विषयक एक दिने कार्यशाला गोष्ठि आयोजना गरी छलफल गरेको हो ।
गोष्ठिको उद्घाटन गर्दै सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सहकारी शिक्षा अहिलेको आवश्यकता रहेको बताउदै पाठ्यक्रमलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्न आवश्यकता रहेको बताए । सरकारले सहकारी प्रति खासै चासो नदेखाएको समेत उनले बताए । गोष्ठिमा आएका सल्लाह, सुझावलाई संकलन गरी पाठ्यक्रममा समावेश गरीने सहकारी मन्त्रालयले जनाएको छ ।
गोष्ठिमा पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक डा. वालकृष्ण रंजितले ‘कक्षा ९ र १० का लागि सहकारी व्यवस्थापन शिक्षाको पाठ्यक्रमको स्वरुप’ प्रस्तुत गरेका थिए । त्यस्तै उच्च माध्यामिक शिक्षा परिषद्का पाठ्यक्रम महाशाखा प्रमुख रामचन्द्र पाण्डेले ‘उच्च माध्यामिक शिक्षाका लागि सहकारी व्यवस्थापन विषयको पाठ्यक्रमको स्वरुप’ र प्रशासन विज्ञ प्रा.डा. श्रीकृष्ण श्रेष्ठले ‘उच्च शिक्षामा सहकारी व्यवस्थापन विषयको पठ्यक्रमको आवश्यकता र स्वरुप’ प्रस्तुत गरेका थिए ।
कक्षा ९ र १० को पाठ्यक्रम आगामी असार २५ गते कार्यान्वयनका लागि पेश हुँदैछ । यो पाठ्यक्रम कार्यान्वयन भएरै छाड्ने डा. रंजितले बताए । कार्यक्रममा विभिन्न सरकारी निकाय, राष्ट्रिय सहकारी संघ, विभिन्न केन्द्रिय सहकारी संघ, सहकारी बैंक लगायतको प्रतिनिधिहरु सहभागीता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
