महिला सहकारीले यसरी मनाए धान दिवस ( फोटो फिचर)
सिमरा । सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले ११ औं राष्ट्रिय धान दिवसको अवसरमा सामुहिक धान रोपाई र दही च्युरा खाने कार्यक्रमको आयोजना गरेको छ । गढीमाई नगरपालिकाको औराहा गांऊमा आयोजित कार्यक्रममा किसान सहकारीकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख जितेन्द्र यादव, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार मुकुन्दबहादुर क्षेत्री, महिला सहकारीकर्मीहरु कमला घिमिरे, शोभा कार्कीलगायतको उपस्थिति रहेको थियो ।
सिमरा महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष अनिता अधिकारी लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव निर्मला सुवेदी पौडेलले गरेकी थिइन । सिमसिमे पानी, असारे गीत अनि हिलो छ्याछ्यापले रोपाई निकै रोमाञ्चारी भएको थियो ।

वास्तवमा कृषिप्रधान मुलुक नेपाल प्रमुख अन्न बाली धानमा नै आत्मनिर्भर छैन । आजभन्दा वीस वर्षघि हामी धान निर्यात गथ्र्यौ भने आज प्रत्येक महिना एक अर्वको धान आयात हुने गर्दछ । जमिन घडेरी अर्थात अनुत्पादक काममा प्लटिङ भएका छन, राज्यको स्पष्ट नीति र सहयोगको अभाव, खेती लागत बढी र प्रतिफलको मूल्य कम भएर अनि युवा जनशक्ति बाहिरिएका कारण जमिन बांझिएका छन ।
मध्य असारमा २० प्रतिशत पनि रोपाई भएको छैन । आकाशे सिंचाईको भर पर्नुपर्ने अवस्था छ । कृषि पर््रवर्द्धनमा राज्य र सरोकारवालाको प्रभावकारी र परिणाममुखी भूमिका छैन । उन्नत बीऊ, मलखाद, प्रविधि, सिंचाई र व्यवसायिक खेतीको वातावरण सिर्जना गरेर परनिर्भरताको अन्त्य गर्नु जरुरी छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
