कृषि प्रविधिको विकासमा सहकारी उपयुक्त माध्यम
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले युवामा कृषि प्रतिको मोह घट्दै जानु र विदेश पलायन हुनु अनिष्टको संकेत भएको बताएका छन् । झापाका दुई वटा साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन किसानलाई हस्तान्तरण गर्दै उनले कृषिमा मोह घट्दा गम्भिर आर्थिक समस्या उत्पन्न हुने बताएका हुन् ।
गभर्नर डा. खतिवडाले सतासीधाम र लखनपुर कृषि सहकारी सस्थाको व्यवस्थापन स्थानीय साना किसानहरुलाई हस्तान्तरण गरेका हुन् । यी सहकारी सस्थाहरु अनुसरण कार्यक्रमबाट प्रवर्धन भएका हुन् । कृषिलाई आफूले उच्च प्राथमिकता दिएको दावी पनि उनले गरेका छन् । यही कारण बैंकको शाखा उद्घाटन भन्दा साना किसानको कार्यक्रममा आफू सहभागि हुने गरेको उनले बताए ।
सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरण सँगसँगै जाने कुरा भएकोले महिलाहरुको समविकासबाट मात्र विकास संभव हुने पनि उनले बताएका छन् । महिलाहरुलाई आर्थिकरुपले सवल बनाउनका लागि लगानी गर्न साना किसान विकास बैंकलाई उनले सल्लाह दिएका छन् । लघुकर्जा र साना किसान विकास बैंकले सञ्चालन गरेको कार्यक्रमले महिलाहरुलाई आर्थिक रुपमा सवल र आर्थिक निर्णयमा पहुँच बढाउन सहयोग पुर्याएको उनले बताए । सहकारी संस्थाले कृषि प्रविधिको विकास र व्यावसायिकरणमा आफ्नो क्षमता प्रदर्शन गर्नु पर्ने उनले बताए ।
साना किसान विकास बैंकका कार्यकारी अधिकृत जलन कुमार शर्माले बैंकले प्रवर्धन गरिएका साना किसान सहकारी संस्थाहरुको संख्या तीन सय ६५ पुगेको जानकारी दिए । गाउँको गरिब किसानको घरमा पुग्ने र तीनै गरीबले चलाएको यो कार्यक्रमले किसानको जीवनस्तर उकास्त महत्वपूर्ण भूमिका खेलेको बताए । बैंकका अध्यक्ष खेम बहादुर पाठकले यी संस्थाहरु मार्फत विपन्न तथा साना किसानहरुले पुँजी, सीप, प्रविधि र बजार सम्म सहज पहुँच पुगी उनीहरुको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
