इजरायलमा कृषि तालिम पुरा गरी नेपाली विद्यार्थी फर्कने क्रम सुरु
काठमाडौं । इजरायलको कृषि तालिम सम्पन्न गरी नेपाली विद्यार्थी स्वदेश र्फकने क्रम सुरु भएको छ । यसै क्रममा इजरायलको आराभा इन्टरनेशनल सेन्टर फर एगि्रकल्चर टेक्नोलोजीमा पढ्न गएका पहिलो समुहका ४५ जना विद्यार्थीहरु १० महिने तालिम सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका छन् ।
नेपाली यूवाहरुलाई उन्नत कृषि प्रणालीको आधारभुत ज्ञान र सीप प्रदान गरि दिगो व्यवसायीक कृषितर्फ आकषिर्त गराउन नेपालस्थित इजरायली दूतावासको सहकार्यमा साना किसान विकास बैंकले अर्थमन्त्रालयको सहमतीमा गत वर्षदेखि ‘साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम’ सञ्चालन गरेको छ ।

यहि कार्यक्रमअन्तर्गत विभिन्न ८ जिल्लामा सञ्चालित साना किसान कृषि सहकारी संस्थामा आवद्ध २ सय ५ जना युवा-युवतीहरु इजरायलका विभिन्न कलेज तथा कृषि तालिम तथा अनुसन्धान केन्द्रहरुमा तालिमका लागि गएका छन् । बाँकी विद्यार्थीहरु आगामी अक्टोबर महिनासम्म तालिम पुरा गरेर स्वदेश फर्किने बैंकले जनाएको छ ।
यहि कार्यक्रमअन्तर्गत आउँदो अक्टोबरसम्म इलाम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, मकवानपुर, चितवन, धादिङ्ग, गोरखा, तनहुँ, नवलपरासी, रुपन्देही, दाङ्ग, बाँके र बर्दिया गरी २१ जिल्लाबाट ५ सय १५ प्रशिक्षार्थीहरुलाई इजरायलका विभिन्न ५ वटा तालिम केन्द्र र कलेजहरुमा तालिममा सहभागी गराउने बताइएको छ ।
विद्यार्थीहरुको छनौट प्रकृया सम्पन्न भई सकेको छ । इजरायलको किन्नरेट कलेजमा १५० जना, आस्केलन कलेजमा १०० जना, रामात नेगेभ डेजर्ट एगि्रकल्चरल रिसर्च सेन्टरमा ५० जना, आराभा ईन्टरनेशनल सेन्टर फर एगि्रकल्चरल टे्रनिङ्ग सेन्टरमा १६५ जना र स्दोत नेगेभ रिजनल काउन्सिलमा ५० जनाले तालिम लिनेछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
