२० कात्तिक २०८३, शुक्रबार

स्वर्णिम सहकारीका अध्यक्ष सहित ५ सञ्चालक पक्राउ

२०७१ असार १३, शुक्रबार
स्वर्णिम सहकारीका अध्यक्ष सहित ५ सञ्चालक पक्राउ

रुपन्देही १३ असार । नियम विपरित ऋण लगानी गरेको आरोपमा प्रहरीले रुपन्देहीमा सहकारीका ५ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

बैकिङ अपचलन अभियोगमा कारबाहीमा परेको बुटवल फाइनान्स (हाल सिनर्जी फाइनान्स) का कार्यकारी अध्यक्ष देबेन्द्र ध्वजूलाई नियम विपरित साढे ६ करोड रुपैयाँ ऋण दिएको भन्दै स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहितका ५ जना सञ्चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अध्यक्ष पारु ध्वजु, व्यवस्थापक मजोज भट्टराई समेत छन् । पारु देवेन्द्र ध्वजुकी श्रीमती हुन् । मणिग्राम क्षेत्रमा गोप्य बैठक गरिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । आफुहरुले संकलन गरेको रकम फिर्ता गर्न माग गर्दै केही दिनदेखि वचतकर्ता सर्वसाधारणले सहकारीको कार्यालयमा घेराउ गर्दै आएका थिए ।

अभिलेख

लोकप्रिय