१९ वैशाख २०८३, शनिवार

नाई मलाई त्यही केटी चाहिन्छ

२०७१ असार १०, मङ्गलबार
नाई मलाई त्यही केटी चाहिन्छ

   – खिलानाथ दाहाल

कुनै समय प्रकाश पौडेले गाएको लोकप्रिय गीतको अंश माथिका शब्द एउटा किशोरले आफ्ना अभिभावकसंग गर्ने हठ् मात्र हो । त्यस्तो किशोर जो आफूमा निर्भर छैन परनिर्भर छ । त्यस्तो हठ्ले भविश्यमा कस्ता सारोगाह्रो पर्छ भन्ने सम्मको हेक्का छैन् । उसले केवल आफ्नो मात्र स्वार्थ हेरेको छ, तत्कालिन अवस्थालाई मात्र नियालेको छ । यतिखेर आफ्नो वरपर कसैलाई देख्दैन उसलाइ त्यही केटी चाहिन्छ ।

यहि गीतजस्तै बनेको छ नेपालको बचत तथा ऋण सहकारीको अभिभावक निकाय नेफ्स्कून । जो बारम्बार बचत तथा ऋण सहकारीहरुका लागि छुट्टै ऐनको जिकिर गर्दै आएको छ र हठ गरिरहेको छ की उसलाइ जसरी भएपनि छुट्टै ऐन चाहिन्छ । समयसापेक्ष सहकारी ऐन २०४८ परिमार्जनको आवश्यक्ता पक्कै हो । देशको मूल कानूनमा सहकारीलाई विशिष्ट स्थान दिलाई सहकारी प्रवद्र्घन गर्न नियामक र अभिभावक निकाए एकजुट भएर लाग्नु अहिलेको आवश्यक्ता हो । तर सवै प्रकृतिका सहकारीले वेग्ला वेग्लै ऐनको माग गर्ने हो भने बम्हजीको उट जस्तो सहकारी ऐन बन्न के वेर । लामो समयदेखि बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐनको माग गर्दै आएको नेफ्स्कूनले पछिल्लो पटक सभासदहरुलाई पनि बोलाएर सहकारीको कखरा पढायो तारे होटलको बन्द हलमा । त्यराष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल जो सभासद पनि हुन, उनैलाइ साक्षी राखेर सभासदहरु मार्फत सदनमा छुट्टै ऐनको माग राखिदिन गरिएको कार्यक्रममा नेफ्स्कस्नका महासचिव परितोष पौडेलले तीन घण्टे कार्यपत्र प्रस्तुत गरेका थिए जुन एक घण्टा त जीवन दर्शनको प्रवचनमै वितेको थियो ।
अहिले बजारमा देखिएका सहकारीको मुख्य समस्या बचत तथा ऋण सहकारीले गर्दा भएको हो भन्ने जान्दा जान्दै पनि प्रस्तुत गरिएको कार्यपत्रमा त्यस्ता समस्याहरु समाधान गर्न कस्तो कानुनको आवश्यकता छ भन्ने र सहकारीलाइ व्यस्थित बनाउन सहकारी ऐनमा कसरी के कुरा समेटीनु पर्छ भन्ने सुझाव नभइकन सपना मात्र वुनिएको प्रस्तुतिले कति सभासदको मन जित्ने हो हेर्न बाकी छ । जिल्ला जिल्लामा स्थापना भएका जिल्ला बचत संघहरुलाई बन्द गर्दै अव केन्द्रकै मातहतमा समिति मार्फत प्रारम्भिक संस्थालाइ समेटने प्रस्ताव समेत राखेको कार्यपत्रले सभासदहरुलाई त कन्भिन्स गरायो नै होला की हामी स्वार्थी भएका छैनौं भनेर तर हिजो तिनै प्रारम्भिक संस्था र जिल्ला बचत संघको काधमा टेकेर याहा सम्म पुगेको केन्द्रीय संघ आज तिनैलाइ पाखा लगाउन खोज्दैछ, अन्तराष्ट्रिय प्राक्टिस्को नाममा । अन्तराष्ट्रिय प्राक्टिस् त हैन अभिभावक निकायका केहि व्यक्तिहरको  व्यक्तिगत स्वार्थका कारण अभियानले घाटा ब्यहोर्नु पर्ने देखिन्छ त्यसैले यसरी एक्ला एक्लै हिड्नु भन्दा सवै प्रकृतीका सहकारीहरुका अभिभावक निकाएहरु एकजुट भएर सवैलाइ सहज हुने र सवैलाइ संम्वोधन गर्ने सहकारी ऐन ल्याउन एक ठाउमा टेवल टक गर्ने पो होकी । किनकी सवै सहकारी एउटै मूल्य मान्यता र सिद्धान्तमा रहेका हुन्छन् हैन र । वाटो फरक भएपनि पुग्ने टुंगो एकै हो । एक्लै हिड्नु भन्दा संगै हिडेको उत्तम हैन र कि कसो त ? अभियन्ता ज्यू ।

अभिलेख

लोकप्रिय