सहकारीमार्फत लौठसल्लो खेती, प्रशोधन उद्योग खोल्ने तयारी (भिडियो सहित)
ललितपुर : दक्षिण ललितपुरको महांकाल गाउँपालिका–३, सिसवानका किसानहरु लौठसल्लो खेतीमा आकर्षित हुन थालेका छन् ।
किसानहरुले सहकारी संस्था नै स्थापना गरी लौठसल्लो खेती व्यवसायिक ढंगले गर्न थालेका छन् । उनीहरुले लौठसल्लो बहुउद्देश्यीय जडिबुटी सहकारी संस्था स्थापना गरी व्यवसायिक लौठसल्लो खेती गर्दै आएका छन् । सहकारीले जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको संस्थाका अध्यक्ष इन्द्रकुमार स्याङतानले जानकारी दिनुभयो ।
हाल उत्पादित लौठसल्लो प्रसोधन उद्योग नहुँदा हेटौंडा पठाउँदै आएको र अब गाउँकै लौठसल्लो प्रशोधन गर्ने तयारी थालेको उहाँले बताउनुभयो । प्रशोधन उद्योग खोल्न जग्गा लिइसकेको र पूर्वाधार निर्माणको तयारी भइरहेको उहाँको भनाई छ । सबै सदस्यबाट ५० हजार गरी १ करोड रकम संकलन गरी थप रकम साझेदारीमा जुटाएर प्रशोधन केन्द्र स्थापना हुनेछ ।
संस्थाले कृषकबाट २ सय ७५ रुपैयाँमा लौठसल्लो खरिद गर्छ । प्रतिकेजी ७ रुपैयाँ संस्थालाई राखेर कृषकलाई २ सय ६८ रुपैयाँमा बिक्री गर्ने गरेको छ । यसबाहेक संस्थाको ६ रोपनी जग्गामा पनि लौठसल्लो लगाएको छ । त्यसबाट वार्षिक ७५ टन लौठसल्लो उत्पादन हुन्छ ।
लौठसल्लो के हो?
लोठसल्लो लगभग ३० मीटर सम्म अग्लो हुने, फैलिएको हाँगा विँगा भएको सदावहार कोणधारी वनस्पति हो। यसको पात मसिनो, लाम्चो,चेप्टो र वीचमा एउटा नशा भएको, २ देखि ३.५ सेमी लामो र ३ मी . मी चौडा भएका हुन्छन्।
यसका पातहरू हाँगामा घुमाउरो हुँदै निस्कीएका हुन्छन्। पातको माथिल्लो सतह चम्किलो र चिल्लो हुन्छ भने तल्लो सतह केही हल्का हरियो हुन्छ। यसका भाले फूलहरू घीउ रंगका, गोला , साना , डाँठ भएका पात र डाँठको छेउबाट निस्किएका हुन्छन्। यसको फल अलग्गै हुन्छ।
फल काँचोमा हरिया र पाके पछि राता हुन्छन्। बाहिरी भाग गुदी जस्तो हुन्छ जसले बीउको आधा भन्दा बढी भाग छोपेको हुन्छ। यो काश्मीरदेखि वर्मा सम्म फैलिएको पाइन्छ र नेपालमा यो पूर्व देखि पश्चिम सम्म १८००–३००० मीटर उचाई सम्मका जंगलहरूमा फैलिएको पाइन्छ। खासगरि गोब्रे सल्लो सँग मिसिएर हुर्केको भेटिन्छ।
विगत दुई दशक देखि यो विरुवाले नेपालमा निकै चर्चा पाएको छ। खासगरि छाती र पाठेघरको क्यान्सरमा यसको उपयोगिता प्रमाणित भएपछि नेपालबाट यसको व्यापार तिव्र गतिमा हुन थाल्यो , जसको फलस्वरूप यसको अत्याधिक सङ्कलन हुन गई सरकारले यसको व्यापारमा प्रतिबन्ध समेत लगाउने अवस्था पुग्यो। हाल यसको सङ्कलन गर्न वातावरणी प्रभाव अध्ययन गरेर मात्र ईजाजत दिने गरिन्छ। सङ्कलन पश्चात् प्रशोधन नगरी विदेश निकासी गर्न समेत प्रतिबन्ध लगाइएको छ। यसबाट निस्कने अन्तिम उत्पादन टेक्सोल (taxol) नै क्यान्सर रोग निको पार्नमा सहयोग पुर्याउने रासायनिक तत्व हो।
खेती गर्ने विधि
यस प्रजातिको प्रसारण बीउ र हांगाको कटिङ्ग दुवैवाट गर्न सकिन्छ। लौठ सल्लाको बीउद्वारा विरुवा उमार्ने कार्य अत्यन्तै कठिन तथा करिव २ वर्ष जति समय लाग्ने, उचाईमा भर पर्ने गरी ९६-२०८ हप्ता लाग्दछ। चरा बाँदर तथा अन्य जंगली जनावरहरूले एक त यसको बीउ परिपक्व हुनु भन्दा अगाडि नै खाई नोक्सान गर्ने गर्दछन् भने अर्का तर्फ बीउको अंकुरण क्षमता ८ प्रतिशत भन्दा कम नै हुने गरेको पाइन्छ। बीउबाट उम्रिएका विरुवा अत्यन्तै ढिलो वढ्ने हुँदा हालको मांगलाई पूर्ति गर्न सक्ने स्थिति देखिदैन। यस परिस्थितिमा लौठ सल्लाको संख्या बृद्धि गर्ने कार्य वीउको सट्टा वानस्पतिक प्रसारण (Vegetative Propagation)बाट मात्र संभव देखिन्छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार