१८ वैशाख २०८३, शुक्रबार

पोखराको घामपानी साकोसको सुरू गर्यो मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा

२०७८ भदौ २५, शुक्रबार
पोखराको घामपानी साकोसको सुरू गर्यो मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा

कास्की : पोखराको चिप्लेढुङ्गा स्थित घामपानी बचत तथा ऋण सहकारी संस्थाले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा सुरू गरेको छ । स्थापना दिवस (भदौ २३ गते) को अवसर पारेर साकोसका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवाको शुभारम्भ गर्नुभएको हो।

संस्थामा आयोजित सातौं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष विजुक्छेले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सदस्यहरुलाई छिटो छरितो र सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा सेवा शुभारम्भ गरेको बताउनुभयो ।

मोबाइल बैंकिङ्ग एप्सबाट मोवाइल रिचार्ज गर्न, टि.भि.,इन्टरनेट, टेलिफोन, बिजुली, खानेपानीको बिल भुक्तानी गर्न, आन्तरिक जहाज टिकट बुकिङ्ग गर्न, चेक बुक माग गर्न तथा चेक रद्ध गर्न, खाताको विवरण प्राप्त गर्न, व्यालेन्सको जानकारी प्राप्त गर्न, कर्जाको किस्ता भुक्तानी गर्न, इ सेवा लोड तथा इ सेवा बाट खातामा रकमान्तर गर्न, फोन पे मार्फत भुक्तानी गर्न, सहकारी बाट बैंक खातामा रकमान्तर गर्न सकिने छ। आगामी दिनमा पनि प्रविधि र सदस्य सेवालाई नै प्राथमिकतामा राखेर साकोसले सदस्य केन्द्रीत सेवा प्रवाहलाई जोड दिने संस्थाका प्रवन्धक रबिन्द्र तिवारीले बताउनुभयो ।

साकोसका अध्यक्ष विजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मल जोजिजू, सचिव बल बहादुर थापा, कोषाध्यक्ष किरण बराल, शेयर सदस्यहरु बुद्ध गुरुङ्ग, अर्जुन भारी र कृष्ण थापाले साकोस र सदस्य सम्बन्ध साथै प्रविधि प्रयोग विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय