बागलुङमा सहकारी व्यवस्थापन तालिम, आर्थिक विकासमा सहकारीको जोड हुनुपर्छ : प्रजिअ
बागलुङ । सदस्य संस्थाहरुमा आवद्ध सहकारीकर्मीहरुलाई सहकारीका बारेमा सक्रिय बनाई सहकारी अभियानलाई प्रभावकारी बनाउने उदेश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले बुधबार देखि तीन दिने सहकारी व्यवस्थापन तालिम बुधवारदेखि शुरु गरेको छ ।
तालिमको उद्घाटन बागलुङका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले गरेका थिए । सो अवसरमा बोल्दै प्रजिअ गौतमले मुलुकमा सामाजिक न्याय सहितको आर्थिक विकास गर्नका लागि सहकारी क्षेत्रले सरकारी र निजी क्षेत्रसंग समन्वय गर्दै विपन्न वर्गको आयआर्जन बढाउने काम गर्नुपर्नेमा जोड दिए । सहकारी क्षेत्रमा देखिएका कमी कमजोरीलाई सुधार गर्नका लागि तालिम प्रभावकारी हुने भन्दै उनले सहकारीका मूल्य मान्यता, सिद्धान्त र आदर्शलाई आत्मसाथ गर्दै गरिवी न्यूनिकरण र आर्थिक समृद्धितर्फ अग्रसर हुन सहकारीकर्मीहरुलाई आग्रह गरे ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी मार्फत उत्पादन, प्रशोधन र बजारीकरणलाई व्यापक बनाउनका लागि सहकारी शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी केसीले स्थानीय स्रोत साधनको अधिकतम उपयोग हुने खालका गतिविधि सञ्चालन गर्न सहकारीकर्मीहरुको सक्रियता र राज्यको सहयोग तथा समन्वय आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारी, कोषाध्यक्ष दिपक गौतम र नेपाल पत्रकार महासंघ बागलुङका सचिव दिल शिरिषले सहकारीमार्फत आजआर्जन वृद्धि र रोजगारी निर्माणका लागि सहकारीको मूल भावना अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष भीम गुरुङ, डिभिजन सहकारी कार्यालय बागलुङका सहकारी निरीक्षक दुर्वल राजभण्डारीले प्रशिक्षण दिने तालिममा बागलुङका २० वटा सहकारी संघ संस्थाका २५ जनाको सहभागिता रहेको शाखा प्रवन्धक प्रकाश सापकोटाले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार