जिल्ला बचत संघकाे अध्यक्षमा राजेश पण्डित निर्वाचित
पर्सा : जिल्ला सहकारी संघ, पर्साकाे राजेश पण्डित कुम्हार निर्वाचित हुनुभएकाे छ । शनिबार भएकाे निर्वाचनमा हरेराम प्रसादलाई ३ मतले पराजित गर्दै पण्डित अध्यक्षमा चयन हुनुभएको हो । उहाँका प्रतिद्वन्दी हरेराम प्रसादले ५९ मत प्राप्त गर्नुभएको थियो भने पण्डितले ६२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा पन्नालाल महतोलाई १२ मतले पछि पार्दै असगर अलि अन्सारी निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा दिल्लीविक्रम कार्कीलाई १५ मतले पछि पार्दै राकेश यादब विजयी हुनुभएको छ । यस्तै ४९ मत प्राप्त गरेका इश्वरचन्द्र यादबलाई हराउँदै ७१ मत प्राप्त गरी जिष्णु बराल महासचिबमा निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य बृजकिशोर पटेलले जानकारी दिनुभयो ।
सचिबमा प्रदिप प्रसाद पटेललाई पराजित गर्दै प्रभावकर गुप्ता विजयी हुनुभएको छ भने रामजी मुखिया बिनलाई पराजित गर्दै नगनारायण सिँह कोषाध्यक्षमा चयन हुनुभएको छ । जम्मा १ सय ३३ मत रहेकोमा १ सय २१ मत खसेको निर्वाचन अधिकृत रामनारायण कुर्मीले बताउनुभयो ।
समितिको सदस्यहरुमा भगवती शर्मा, अरुण कुमार साह, गिरीराज कडेल, कुन्दन प्रसाद, विजय कुमार गुप्ता चयन हुनुभएको छ ।
संघको लेखा समिति संयोजकमा राजेन्द्र प्रसाद जयसवाल निरविरोध चयन हुनुभएको छ । त्यस्तै सदस्यमा हृदयनारायण साह र मनोज गुप्ता पनि निरविरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कुर्मीले बताउनुभयो । पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नु पर्ने कानुनी प्रावधान रहे
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार