आदर्शको अर्ध वार्षिक समिक्षा : १ करोडको कोष बनाउन लक्ष्य
बागलुङ : आदर्श सञ्चार सहकारीले शनिबार अर्ध वार्षिक समिक्षा तथा आगामी योजनाका विषयमा छलफल गरेको छ । सहकारी संस्थाका संञ्चालक, उपसमित तथा कर्मचारी बिच संस्थाले पुष मसान्तसम्म गरेको कामको समिक्षा तथा भावी योजनाका विषयमा छलफल गरिएको छ ।
अर्ध वार्षिक समिक्षाको उद्घाटनपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका सञ्चालक कमला गिरीले कर्मचारी र सञ्चालक बिचको जिम्मेबारी बाँडफाँडले सदस्यको सेवा प्रभावहलाई गुणस्तरीय बनाउदै लैजाने बताउनुभयो । उहाँले सञ्चालक, उप–समित तथा कर्मचारीले आफ्नो जिम्मेबारी सदैव बोध गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सृजना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पवित्रा के.सी, राष्ट्रिय सहकारी बैंकका पोखरा शाखा प्रमुख नरेश पाण्डेय लगायतले मन्तव्य राख्नुभएको थियो ।

अर्धवार्षिक समिक्षा तथा भावी योजनाका विषयमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजिकरण गर्नुभएको थियो । उहाँले सहकारी संस्थाले २०८० साल भित्रको लक्ष्यमा पुग्नका लागि सञ्चालक, उपसमिति तथा कर्मचारीले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी अन्जुको अध्यक्षता, संस्थाका सल्लाहकार रुद्र बहादुर महतको स्वागत तथा प्रबन्धक दिपकराज सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थामा हाल दुई हजार ५०० शेयर सदस्य, ५ करोड शेयर रकम, ३३ करोड बचत तथा ३१ करोड लगानी रहेको छ । छलफलमा आगमी असार मसान्त सम्म दुई हजार ७०० बढी शेयर सदस्य, पाँच करोड ८७ लाख शेयर रकम, ४० करोड बचत तथा ३८ करोड लगानी गर्ने लक्ष्य रहेको छ ।
संस्थाले २०८० सालसम्म पाँच हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर रकम, ८० करोड बचत, ७५ करोड कर्जा लगानी, १ करोड कोष बनाउन लक्ष्य रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार