लसकुस सहकारीमा सञ्चालक र कर्मचारीको रजाई, सदस्यको बचत आफू खुसी चलाउँदा संस्था डुब्यो
काठमाडौं : काठमाडौंको पकनाजोल स्थित लसकुस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकले करोडौं रुपैयाँ हिनामिना गरेको भेटिएको छ ।
सदस्यहरुबाट उठाएको बचत सञ्चालक र कर्मचारी मिलेर करोडौं रुपैयाँ अपचलन गरेको भेटिएको हो । संस्थाका प्रबन्ध निर्देशक राममान श्रेष्ठ करिब ५ करोड, अध्यक्ष पवन विर मालाकार ३ करोड र उपाध्यक्ष विद्या भुषण बज्राचार्य ३ करोड रुपैयाँ चलाएको सदस्यहरुको आरोप छ ।
सञ्चालक र कर्मचारीले लगेको पैसा फिर्ता गराउन सदस्यहरु लागि परेका छन् । उक्त रकम फिर्ता भए संस्था सञ्चालन हुने सदस्यहरुको भनाई छ ।
सञ्चालक र कर्मचारी मिलेर संस्थाको करोडौं रुपैयाँ अपचलन गरेको भेटिएपछि सदस्यहरुले संघीय सरकार अन्तर्गतको सहकारी विभाग उजुरी दिएका थिए । बचत र्फिता पाउँ भनि ५२ जना सदस्यहरुले विभागमा उजुरी दिएका थिए । तर, विभाग अन्तर्गतको नियमन संस्था नभएका कारण विभागले बागमती प्रदेश सहकारी मन्त्रालयलाई चिठी काटी कारबाहीको लागि पत्राचार गरेको थियो ।
उता बागमती प्रदेश सहकारी मन्त्रालयले पनि सहकारी संस्थाको बारेमा अनुगमन गरेको थियो । तर, अनुगमनमा कुनै पनि सञ्चालक समिति सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ । सञ्चालक समिति सम्पर्कमा नआएपछि मन्त्रालयले महानगरिय प्रहरी परिसर टेकु काठमाडौंलाई ठगीको मुद्दामा कारबाही गर्न पत्राचार गरेको थियो । २०७७ पुष २३ गते पत्राचार गर्दै उजुरीको ३७ पाना र सञ्चालक समितिको २ पाना विवरण सहित परिसरलाई पत्राचार गरेको थियो ।
महानगरिय प्रहरी परिसर टेकुले उक्त सहकारीका सञ्चालकलाई ठगीको मुद्दामा कारबाही गर्न माघ १० गते महानगरिय प्रहरी वृत लैनचौरलाई पत्राचार गरेको थियो । प्रहरी वृतबाट आवश्यक कारबाही सुरु गरेको छ । वृतले आज पिडित सदस्य र सञ्चालक समिति बीच छलफल राखेको एक सदस्यले सहकारीखबरलाई जानकारी गराए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार