यस्तो बन्योे नेपाल सहकारी बैंकको टीम
काठमाडौं : प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समिति गठन गरिएको छ ।
बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको हो ।
संचालक समितिमा झापाबाट दुर्गा प्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्र प्रसाद जयसवाल र विनोद कुमार दत्त, भक्तपुरबाट विदुर मान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुव राज पौडेल, स्याङ्जाबाट केशव प्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल सदस्यमा चयन हुनुभएको छ ।
काठमाडौंबाट शम्भु प्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्प बहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा। ज्ञानेन्द्र प्रसाद पौडेल र दिलिप पौडेल सदस्य रहनुभएको छ ।
यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, सरद कुमार महर्जन, शशि खड्का र विनोद ढंगोलले समितिमा प्रतिनिधित्व गर्नुभएको छ ।
भेलाले काठमाडौंका कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको छ । समितिमा गोरखाका निधि प्रसाद तिमल्सिना र ललितपुरका किशोर महर्जन सदस्य रहनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार