वडा वडामा सेवा केन्द्र विस्तार गर्दै सिवाईसी साकोस, एकै दिन दुई नयाँ सेवा केन्द्र
बागलुङ : बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले जैमिनी नगरपालिकामा एकै दिन थप दुई वटा सेवा केन्द्र विस्तार गरेको छ । बागलुङका सबै स्थानिय तहमा सेवा विस्तार गरेको सहकारीले वडा स्तरमा सेवा विस्तार थालेको हो ।
सोमबार बागलुङको जैमिनी नगरपालिका–७ जैदीको चौर र वडा नम्बर ६ अर्जेवाको ओख्लेमा १५ औं र १६ औं सेवा केन्द्र विस्तार गरेको हो ।
जैमिनी नगरपालिकाको सेवा केन्द्र उद्घाटन गर्दै नगरप्रमुख इन्द्रराज पौडेलले सहकारी मध्य सिवाईसी जिल्लाको फरक पहिचान बोकेको सहकारी रहेकोले सदस्यको सन्तुष्टीको लागी सहकारी क्रियाशिल रहेको बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव नवराज पौडेल, जैमिनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विजय अधिकारी, सिवाइसी साकोसका संचालक कृष्ण रिजाल, शेयर सदस्य दिपेन्द्र अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
सिवाईसी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जैदी सदस्य सेवा केन्द्रका संयोजक मोहराज शर्मा र संचालन हरीनारायण पौडेलले गर्नु भएको थियो ।

१६ औं सदस्य सेवा केन्द्र अर्जेवाको उद्घाटन गर्नुहुँदै अध्यक्ष शर्मा पौडेलले सिवाईसी साकोस दुर दराजका सबै नागरिकलाई वित्तीय र गैर वित्तीय सेवा दिन सहकारी स्थापना भएको बताउनु भयो । बचत गर्ने बानीको विकास नहुँदा गरिबी झेल्नु परेकोले गरिबी अन्तको लागि सहकारीले काम गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङका जिल्ला सचिव नवराज शर्मा, जनशिक्षित माविका प्रअ नारायण चालिसे, सिवाइसी साकोस केन्द्रीय संचालक कृष्ण प्रसाद रिजाल, जैमिनी ६ का सदस्य केशवराज शर्मा, पत्रकार सुजन प्रेमी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बागलुङ जिल्लाका १६ स्थानमा सेवा विस्तार गरेको सहकारीले आगामी २१ र २२ गते म्याग्दी र पर्वतमा सेवा केन्द्र विस्तारको तयारी गरेको अध्यक्ष पौडेलले बताउनु भयो ।
१३ हजार ४ सय ७७ शेयर सदस्य रहेको सहकारीमा शेयर पूँजी २४ करोड ६ लाख ४० हजार, बचत १ अर्ब २७ करोड १६ लाख ३९ हजार रहेको भने कुल पूजी १ अर्ब ७२ करोड ३ लाख २५ हजार रहेको छ । सेवा केन्द्र उद्घाटनक्रममा अर्जेवा र जैदीमा एकै दिन ७५ जना शेयर सदस्य बनेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सदस्यका गुनासा, सुझाव तथा सल्लाह संकलन गर्दै राष्ट्रिय सहकारी बैंक
११ असार २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकमा विज्ञ सञ्चालक बन्न अवसर, आवेदन खुला
११ असार २०८३, बिहीबार