राेयल बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सम्पन्न, एक सय बढी राेपनी जग्गा किनेर कृषि परियाेजना सञ्चालन गर्ने
काठमाडौं, कात्तिक २२ । काठमाडौंकाे बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड १९ (कोरोना महामारी) का कारण सरकारले भौतिकरुपमा उपस्थित भई भेला सम्मेलन जस्ता कार्यक्रममा गर्न रोक लगाएपछि सहकारी विभागले जारी गरेको साधारण सभा निर्देशिका बमोजिम संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाको मुख्य कार्यालय रहेको आफ्नै भवन बसुन्धराबाट भर्चुअल रुपमा साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष भानुभक्त ढकालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७६/०७७ मा शेयर पूँजी ६ करोड ६४ लाख ५० हजार रुपैंयाँ रहेको र चालु वर्षको अन्त्य सम्ममा ७ करोड ६० लाख रुपैंयाँ पुर्याउने लक्ष्य लिएको छ ।
त्यसैगरी संस्थामा ९६ करोड ७४ लाख ६८ हजार ४ सय ७२ रुपैंयाँ निक्षेप रहेको र चालु आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्व २२ करोड १७ लाख ४६ हजार ७ सय ५१ रुपैंयाँ पुर्याउने लक्ष्य रहेको जानकारी अध्यक्ष ढकालले गराउनुभयाे । त्यसैगरी संस्थाले ८५ करोड ९६ लाख ६० हजार ४ सय ९० रुपैंयाँ कर्जा लगानी गरेको र चालु वर्षको अन्त्यसम्ममा १ अर्ब २० करोड १२ लाख ७५ हजार २ सय ८९ रुपैंयाँ लगानी गर्ने लक्ष्य रहेको सभामा जानकारी गराउनुभयाे ।
त्यसैगरी कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक सिताराम काफ्लेले आर्थिक वर्ष ०७७/०७८ का लागि संस्थाको भावी कार्यक्रम र रणनीति प्रस्तुत गरेका थिए । उहाँले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुर मध्ये कुनै जिल्लामा बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्न कम्तिमा एक सय रोपनी जग्गा खरीद गर्ने प्रक्रिया अगाडी बढाएको सभामा जानकारी गराउनुभयाे ।
प्रवन्ध निर्देशक काफ्लेले संस्थाको बूढानिलकण्ठ, फर्पिङ बजार, साँखु जितपुरफेदी (तीनपिप्ले) मा सेवाकेन्द्र स्थापना गरी कारोबार संचालन गरिरहेको र चाँडै नै ललितपुर, भक्तपुर, थानकोट, जोरपाटी, बत्तिसपुतली र पुतलिसडकमा सेवा केन्द्र बिस्तार गर्नलागिएको जानकारी दिनुभयाे । उहाँले २ वर्ष भित्र प्रदेश १, २ र गण्डकी प्रदेशमा र ५ वर्षमा सातै प्रदेशमा सेवाकेन्द्र विस्तार गर्ने जनाउनुभयाे । प्रवन्ध निर्देशक काफ्लेले बत्तीसपुतलीस्थित मणीपुर बचत तथा ऋण सहकारी संस्था र पुतलिसडक स्थित अर्वन बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण सम्झौता भइसकेको र अन्य संस्थाहरुपनि एकिकरण गरी वित्तिय सेवाका साथै कृषि उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण गर्ने र पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्ने जनाएका छन् । संस्थाले २०७० साल देखि लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ। लघुवित्तमा ३७९ केन्द्र र ४३५० जना सदस्य आवद्ध रहेको छ। संस्थाद्वारा एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ, रोयल स्मार्ट एप, मोवाइल बैंकिङ तथा एटिएम सिस्टम र रेमिटेन्स सेवा दिएको जानकारी गराउनुभयाे । बाग्मती सफाइ महा–अभियानमा निरन्तर सहभागी भएको, सदस्य लक्ष्मी तामाङ तथा नीज सदस्यको श्रीमान्को असामहिक निधन भएको हुँदा सदस्यले लिएको कर्जा ९२ हजार २ सय रुपैंयाँ मिनाहा गरिदिएको जानकारी दिनुभयाे । साथै संस्थाले सदस्य स्वर्गीय लक्ष्मी तामाङको १ लाखको वीमा गराईएको र वीमाबाट प्राप्त २ लाख ६ हजार ३ सय रुपैंयाँ सदस्यको छोराछोरीलाई प्रदान गरिएको जानकारी दिनुभयाे । लप्सेफेदी स्थित जेपि प्रतिष्ठान मैत्री सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको, बन्दाबन्दीको सयममा समस्यामा परेका परिवारहरुलाई विभिन्न ठाउँमा खाद्य सामग्री वितरण गरिएको जानकारी गराउनुभयाे ।
संस्थाले मुख्य शाखा लगायत सम्पूर्ण सेवाकेन्द्र कार्यालयहरुबाट लघुवित्त कार्यक्रममा आवद्ध २७ जना महिला दिदीबहिनीहरुलाई सुत्केरी भत्ता वापत ४० हजार ५ सय बितरण गरेको र सदस्यको मृत्यु राहत वापत १३ हजार ५ सय तथा प्राकृतिक विपत्तीमा परेको सदस्यलाई ३ हजारका दरले राहत बितरण गरेको जानकारी दिए । सदस्यहरुलाइ ५० हजारदेखि १ लाखसम्म स्वास्थ्य वीमा तथा १ लाखदेखि २० लाखसम्म दुर्घटना वीमा गरिदिएको प्रवन्ध निर्देशक काफ्लेले बताउनुभयाे ।
संस्थाको स्थापना, विकास तथा विस्तारमा निरन्तर सहयोग पुर्याउने ब्यक्तीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको उनले जानकारी दिए । साथै संस्थाले हरेक वर्ष उत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट कर्जा कारोबार, जेष्ठ सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्ने गरेको छ । संस्थाले प्रि–स्कूल, स्कूल, कलेज तथा सशुल्क छात्राबास जस्ता शैक्षिक संस्थाहरुको संभाव्यता अध्ययन गरी संचालन गर्ने योजना रहेको र सहकारी आवास सम्बन्धी काम गर्ने योजना रहेको जानकारी दिनुभयाे । साथै बाल, युवा तथा जेष्ठ सदस्य सहकारी क्लवको स्थापना, सदस्य समृद्ध कोषको स्थापना, सामाजिक सेवा कोषको स्थापना तथा संस्था र सदस्यको सहभागितामा विभिन्न साझेदारी व्यवसाय सञ्चालन गरिने कार्यक्रम रहेको उनको भनाई छ ।
संस्थाको नामबाट एम्बुलेन्स सेवासमेत सञ्चलान गर्ने लक्ष्य राखिएको र सदस्यको निधन भएमा परिवारलाई राहत उपलब्ध गराउने कार्यक्रम रहेको काफ्लेले बताउनुभयाे । त्यसैगरी कार्यक्रममा संस्थाका लेखा समिति संयोजक सुरेन्द्रराज खत्रीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष विमलकुमार निरौलाले संस्थाको आर्थिक वर्ष ०७६/०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुुुुुुुभएकाे थियाे । कार्यक्रममा संस्थाका महाप्रवन्धक कृष्णकुमार मगरले संस्थाको आर्थिक वर्ष ०७७/०७७८ को संस्थाको कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुुुुुुुुुुुुुभएकाे थियाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार