कार्यक्षेत्र ओगट्ने र काम नगर्ने सहकारीको कार्यक्षेत्र रजिष्ट्रारले घटाउन सक्ने
काठमाडौं, २० कार्तिक
संस्था दर्ता हुँदा एक भन्दा बढी जिल्लाहरु कार्यक्षेत्र राखिएका बचत तथा ऋणको कारोबार गरेका संस्थाहरुको कारोबार नभएका जिल्लाहरुको कार्यक्षेत्र रजिष्ट्रारले घटाउन सक्ने भएको छ ।
बागमती प्रदेश सरकारले जारी गरेको सहकारी मापदण्ड २०७७ को कार्यक्षेत्र सीमित गर्ने तथा सेवा केन्द्र सम्बन्धी व्यवस्थामा यस्तो कुरा समेटिएको छ ।
त्यस्तै स्वीकृति नलिई शाखा वा सेवा केन्द्र वा सम्पर्क कार्यालय स्थापना गरी कार्य संचालन गरेको पाइएमा विभागले संस्थाको सबै कारोवार रोक लगाइ प्रचलित कानून बमोजिम कारबाही गर्ने समेत कानुनी व्यवस्था गरिएको छ ।
स्वीकृत कार्यक्षेत्र भित्रका सदस्यहरुलाई प्रभावकारी सेवा प्रवाह गर्न केही संख्यामा सेवा केन्द्र वा सम्पर्क कार्यालय स्थापना गर्न रजिष्ट्रारले स्वीकृति दिन सक्ने मापदण्डमा भनिएको छ ।
सेवा केन्द्रको स्वीकृति प्रदान गर्दा बढीमा तीन वटा सेवा केन्द्र संचालनको लागि स्वीकृति प्रदान गर्न सकिनेछ । एक पटक सेवा केन्द्र संचालनको स्वीकृति पाएका संस्थाको हकमा दुई वर्ष व्यतीत नभइ पुनः सेवा केन्द्र थपको स्वीकृति प्रदान नगरिने मापदण्डमा भनिएको छ । त्यस्तै सेवा केन्द्र थपको स्वीकृति पाएका संस्थाले एक वर्षभित्र सेवा केन्द्र संचालन नगरेको पाइएमा रजिष्ट्रारले त्यस्तो स्वीकृति खारेज गर्न सक्नेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार