साना किसान धादिङको अध्यक्षमा पुनः रंगप्रसाद थपलिया
धादिङ, २० कार्तिक
साना किसान कृषि सहकारी संघ, धादिङको अध्यक्षमा पुनः रंगप्रसाद थपलिया चयन हुनुभएको छ । बुधबार सदरमुकाम धादिङबेसीमा सम्पन्न संघको २० औं वार्षिक साधारण सभा एवं ७ औं अधिवेशनबाट थपलिया चयन हुनुभएको हो ।
त्यसैगरी उपाध्यक्षमा फणिकान्त छत्कुली र सदस्यहरुमा शिव अर्याल, ओम प्रसाद धमला, कृष्ण अर्याल, ध्रुव वि.क. विरेन्द्र पाण्डे, अप्सरा अधिकारी, दुर्गा दुवाडी, चन्द्र कुमारी अधिकारी, अर्जुन दुवाडी, मीना तामाङ, रमेश खतिवडा, राधिका सापकोटा चयन हुनुभएको छ ।
साथै नविन रिजालको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिको चयन गरिएको छ । लेखा समिति सदस्यहरुमा हरि घिमिरे र टिकाराम श्रेष्ठ हुनुहन्छ । संचालक समिति र लेखा समितिको कार्यकाल आगामी ४ वर्षसम्म रहनेछ ।
ग्रामिण क्षेत्रमा बसोवास गर्ने मानिसहरुलाइ शुसुचित गराउँदै सहकारीको सिद्धान्त, मुल्य मान्यता अनुसार संस्थामा आवद्ध गराउने, आर्थिक उपार्जनको लागि बचत र लगानिको साथै जनचेतना, सिप विकास, तालिम मार्फत व्यावसायिक तथा आधुनिक कृषि प्रणालि मार्फत मानिसको सामाजिक, आर्थिक विकास गर्ने उदेश्यका साथ २०५३ सालमा स्थापना भएको यस सहकारी संघको जिल्ला भर ५० वटा साना किसान कृषि सहकारी संस्था र ८ वटा कृषि सहकारी संस्था सहित ५८ वटा सदस्य, सहकारी संस्थाहरु संञ्चालनमा रहेको छ । भने संस्थामा ५० हजार भन्दा बढि सदस्यहरु आवद्ध रहेको छन् ।
रंगप्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न भएको संघको २० औं वार्षिक साधारण सभा एवं ७ औं अधिवेशनमा नेपाल कृषि सहकारी केन्द्रिय संघ एवं साना किसान विकास लघुवित्त वित्तीय संस्थाका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
साथै जिल्लामा रहेको विभन्नि सहकारी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै सदस्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । थपलियाको यो दोस्रो कार्यकाल हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार