३० असार २०८३, मङ्गलबार

२६ वर्षमा किसान बहुउद्देश्यीय सहकारी, किसानको सारथी बन्दै

२०७७ कात्तिक १७, सोमबार
२६ वर्षमा किसान बहुउद्देश्यीय सहकारी, किसानको सारथी बन्दै

कैलाली, १७ कात्तिक

लम्कीचुहा नगरपालिका–१,लम्की कैलालीमा मुख्य कार्यालय रहेको किसान बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड २६ वर्षमा प्रवेश गरेको छ ।

२०५२ कार्तिक १७ गते तत्कालिन जिल्ला सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय, धनगढीमा सहकारी ऐन २०४८ अनुसार विधिवत रुपमा दर्ता भई स्थापना भएको थियो ।

तत्कालीन समयमा बैंक तथा वित्तिय संस्थाको उपस्थिती न्यून रहँदा स्थानियहरु वित्तिय सेवाबाट बन्चित रहेका कारण संस्थाको स्थापना गरिएको थियो । कृषिका लागि उर्वर मानिने पुर्वी कैलालीमा कृषकहरुले मल, खाद, बिउ विजनको अभाव खेपि रहुन परेको अवस्था थियो । यिनै अवस्थाहरुलाई सम्बोधन गर्ने सहकारी मोडेलमा जनताहरुलाई एकतावद्ध गरि बहुउदेश्यीय गतिविधिहरु सन्चालन गर्ने सोचाई अनुरुप स्था “किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड” नामाकरण गरी संस्था स्थापना भएको थियो ।

२५ जना शेयर सदस्यको ६० हजार ६ सय शेयर पूँजीबाट शुरु भएको संस्थाको कारोबार २ अर्बभन्दा बढी पुगेको छ । संस्थाले हाल कैलाली जिल्ला भरी २१ वटा सेवाकेन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाले जिल्लाका सम्पूर्ण स्थानिय पालिकाहरु सम्म पहुँच विस्तार गरिसकेको छ । समयानुकुल संस्थागत विकासमा जोड दिई प्रविधिलाई आत्मसाथ गर्दै संस्था अघिबढेको छ । संस्थाले विशेषगरी ३ वटा मोडलमा काम गरिरहेको छ । वित्तीय सेवा, लघुवित्त सेवा र कृषि प्रवद्र्धन सेवा ।

वित्तीय सेवातर्फ लम्की, टीकापुर र जोशीपुरमा सेवाकेन्द्रहरु संचालनमा रहेका छन् भने जिल्लाका विभिन्न १८ स्थानहरुमा रहेका सेवाकेन्द्र मार्फत लघुवित्त सेवा प्रवाह गर्दै आएको छ । त्यसैगरी लम्की स्थित केन्द्रीय कार्यालयबाट रासायनिक मलखाद विक्री गर्दै आएको छ भने जानकी गाउँपालिकाको अमरावतीमा एकिकृत कृषि फर्म सन्चालन गरेको छ ।

करिब ५५ हजार महिलाहरु लघुवित्त कार्यक्रममा अवद्ध भएको संस्थाले जनाएको छ । संस्थाले एटिएम सेवा, मोबाईल बैंकिङ, एसएमएस बैंकिङ, ट्याबलेट बैंकिङ, मिस्डकल बैंकिङ लगायतका सेवा समेत प्रवाह गर्दै आएको छ ।

 

संस्थाको लक्ष्य

– संस्थाको कार्य क्षेत्रका सम्पूर्ण स्थानियतहका सबै वडाहरुमा सेवा विस्तार गर्ने ।

–  कार्य क्षेत्रमा रहेका कुल परिवार संख्याको कम्तीमा ६० प्रतिशत परिवारहरुमा वित्तिय सेवा पुर्याउने ।

– ‘एक घर एक स्वरोजगार’का नारा लिई गरिबी स्तर न्यूनीकरणमा सघाउने ।

– विद्यार्थी तथा विद्यालय वित्तिय साक्षरता कार्यक्रम मार्फत समुदायमा वित्तिय साक्षरता पुर्याउने ।

– संस्थाको दिगोपनाको लागि कोषलाई नियमित वृद्धि गर्दै लैजाने ।

– संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई कोषमा आधारित सामाजिक सुरक्षा योजना सेवा उपलब्ध
गराउने ।

– सम्पूर्ण सदस्यहरुलाई उपलब्ध साधन स्रोतको प्रयोग गर्दै उद्यमी बन्न प्रेरित गर्ने ।

– संस्थाले प्रदान गरेका सेवाहरुबाट आफ्ना सदस्यहरुको जीवन स्तरमा क्रमिक सुधार
ल्याउने ।

– कृषि उत्पादन तथा उत्पादन पश्चातका मुल्य श्रृखला (Value Added) सेवाहरुका लागि कृषक
सदस्यको आय बृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने ।

– सामाजिक सुरक्षण सिद्धान्तहरुलाई पूर्ण रुपमा आत्मसात गर्ने ।

अभिलेख

लोकप्रिय