तिलोत्तमा सहकारीद्वारा सदस्यलाई स्वरोजगार बनाउने योजना पारित
बुटवल, ७ कात्तिक
श्री तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले अध्यक्ष माधवलाल देवकोटाको बार्षिक कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रदिप पराजुलीको आर्थिक प्रतिवेदन र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाले शेयर सदस्यहरुको हितकालागि सहुलियत सहकारी कर्जा कोष स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । शेयर सदस्य संख्या थप गर्ने, विशिष्टिकृत संघसंग आवद्ध गर्ने, उत्पादन मुलक क्षेत्र, कृषि र त्यसको बजारीकरणमा लगानी बढाइ शेयर सदस्यहरुलाई स्वरोजगार बनाउने योजना सहितको अध्यक्षको प्रतिवेदन पारित गरेको हो ।
चालु आर्थिक बर्षकालागि ५ करोड ३४ लाख ६६ हजारको अनुमानित आय व्यय सहितको कोषाध्यक्षको आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ । सहकारीको चुक्ता पुँजी ५ करोड १५ लाख ७७ हजार छ । जगेडा कोषामा करिब २ करोड रहेको छ । ३५ करोड २५ लाख निक्षेप संकलन गरेको सहकारीले ३१ करोड ४४ लाख कर्जा लगानी गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार