जनकल्याण साकोसको २५ औं साधारण सभा सम्पन्न
सुर्खेत, ४ कात्तिक
जनकल्याण बचत बचत तथा ऋण सहकारी संस्था लि।ले आफनो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आफनो वार्षिक साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको छ । यस वर्ष कोरोना भाइरसको महामारीका कारण सदा झैं साधारण सभा गर्दा मानव स्वास्थमा जोखिम हुने भएकोले सहकारी बिभागको सूचना तथा छाता संगठनको निर्देशिकाका आधारमा संस्थाले “महामारीमा साधारण सभा सञ्चालन सम्वन्धि कार्यविधि–२०७७” निर्माण गरी साधारण सभा सम्पन्न गरेको व्यवस्थापक खुमलाल न्यौपानले बताउनुभयो ।

असोज २४ गतेदेखि असोज २९ गतेसम्म सदस्यहरुको उपस्थिति खुला गरिएको थियो भने सोही अवधिमा सदस्यहरुस सुझाव तथा टिप्पणी संकलन गरिएको थियो । असोज ३० गते बिहान टीप्पणीकर्ता सदस्यहरुसग छलफल गरी सोही दिन निर्णय प्रमाणित गरी साधारण सभा सम्पन्न गरिएको व्यवस्थापक न्यौपानेले जानकारी गराउनुभयो । असोज १९ गतेदेखि २३ गतेसम्म वार्षिक साधारण सभामा प्रस्तुत हुने प्रतिवेदन र नीति तथा कार्यक्रम स्थानीय जागरण एफएम ९०।८ मेगाहर्जबाट प्रसारण गरिएको थियो । साधारण सभामा ७१।५२ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार