सहकारी बैंकले थप्यो ८ सल्लाहकार
काठमाडौं, २९ असोज
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिले ८ जनालाई सल्लाहकार मनोनयन गरेको छ ।
सञ्चालक समितिको बिहीवार बसेको बैठकले केशव प्रसाद बडाल, दिपक प्रकाश बास्कोटा, धर्मदत्त देवकोटा, प्रा.डा. विश्वम्भर प्याकुरेल, भागवत श्रेष्ठ, पशुपति चौलागाई, राधा घले र मीनराज कंडेललाई चयन गरेको हो ।
बैंकमा विगतमा ९ जनाको सञ्चालक समिति रहँदा ७ सदस्यीय सल्लाहकारको व्यवस्था रहेको थियो । १५ औं बार्षिक साधारणसभाबाट १५ सदस्यीय सञ्चालक समितिको व्यवस्था भएपछि बढीमा ९ सदस्यीय सल्लाहकारको व्यवस्था गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।
बैंकमा हाल १२ हजार भन्दा बढी शेयर सदस्य, २ अर्ब ३९ करोड शेयर पूँजि, ५१ अर्ब ७४ करोड निक्षेप, र २४ अर्ब ३९ करोड कर्जा लगानी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
बैंकले हाल ४४ शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरुलाई सेवा दिदै आएको छ । हालै राष्ट्रबैंकले थप २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको र नयाँ शाखा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको गुरागाईले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार