गरिबी र बेरोजगारी समस्या समाधानमा सहकारीले भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री अर्याल
काठमाडौं, २९ असोज
नेपालको बचत तथा ऋण सहकारी अभियानले गरिबी र बेरोजगारी समस्या समाधानमा थप जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताउनु भएको छ ।
७२ औं अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (आइसीयू डे) को अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै मन्त्री अर्यालले भन्नुभयो, ‘नेपालको वित्तीय सहकारी अभियानलाई राष्ट्रिय संकटको सामनाकालागि अघि बढ्ने प्रेरणा र अवसर प्रदान गर्नेछ ।’
समुदाय र सदस्यहरुमा रोग, भोक, अशिक्षा र वित्तीय संकट समाधानका लागि नेपालको बचत तथा ऋण सहकारी अभियानले यस वर्षको आइसीयू डे को नाराले झै आशा जागृत गराउने विश्वास उहाँले गर्नुभएको छ ।
जर्मन सुधारक एफ डब्लु राइफाइसनले सन् १८४० को दशकमा व्याप्त भोकमरीबाट आक्रान्त गरिब, किसान र वित्तीय पहुँचबाट अलग मुलुकबासीहरुलाई संगठित गरी स्वसहयोग, स्व उत्तरदायित्व र स्वशासनका माध्यमबाट प्रजातान्त्रिक पद्धतिमा आधारित बचत तथा ऋण सहकारी संस्थापनाको बिजारोपण गरेको इतिहास स्मरण समेत उहाँले गर्नुभएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार