विवरण दाखिला गर्न सहकारी विभागको ताकेता, वार्षिक र मासिक विवरण बुझाउने म्याद तीन दिन बाँकी
काठमाडौं : सहकारी संस्थाहरुले बुझाउनु पर्ने विवरण सहकारी विभागमा नबुझाएपछि ताकेता गरेको छ ।
सहकारी विभागमा अनुसार २०७६/०७७ को वार्षिक विवरण र २०७७/७८ को हालसम्मको मासिक विवरण असोज मसान्तसम्म एकीकृत व्यवस्थापन सूचना प्रणालीमा दाखिला गरिसक्नु पर्ने छ ।
सहकारी ऐन २०७४ को दफा ७३(१)मा सहकारी संस्थाहरुले प्रत्येक वर्षको कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम, नीति तथा योजना, सञ्चालक समिति, साधारण सभा, सेयर लगायतको विवरण सहितको प्रतिवेदन तोकिएको समयमा रजिष्ट्रार समक्ष बुझाउनु पर्ने प्रावधान रहेको छ ।
त्यसैगरी सहकारी नियमावली २०७५ को नियम २८ को उपनियम (४) ले सहकारी संस्थाहरुले आफ्नो संस्थागत तथा व्यवसायिक कारोबारको विवरण विभागले तोकेको एकीकृत व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने प्रावधान छ ।
त्यस्तै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका २०७७ को दफा ३ ले प्रत्येक महिनाको ७ गतेभित्र मासिक, प्रत्येक चौमासिक अवधी व्यतित भएको १५ दिनभित्र चौमासिक र आर्थिक वर्ष व्यतित भएको १० दिनभित्र वित्तीय प्रतिवेदन रजिष्ट्रारले तोकेको ढाँचामा पठाउनु पर्दछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार