३० असार २०८३, मङ्गलबार

‘केशव बडाल सहकारी पत्रकारिता सम्मान’ सिर्जना पन्तलाई

२०७७ असोज २८, बुधबार
‘केशव बडाल सहकारी पत्रकारिता सम्मान’ सिर्जना पन्तलाई

काठमाडौं : बागलुङ जिल्लालाई कार्यक्षेत्र बनाएर विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ।

पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सहसम्पादक हुनुहुन्छ ।

रिलायव बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको मंगलबार आयोजित २२ औं साधारणसभाको अवसरमा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान पन्तलाई प्रदान गर्ने घोषणा गरिएको हो ।

हरेक वर्ष रिलायवल वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष कोरोना संक्रमणका कारण घोषणा मात्र गरिएको र सहज अवस्था भएप्िछ प्रदान गरिने संस्थाका सचिव विजय सुन्दर खड्काले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय