झापा र भक्तपुरको सहकारी बीच सहकार्य, सस्तो मुल्यमा खाद्य सामग्री बिक्रि वितरण सुरु
झापा : झापा र भक्तपुरका सहकारी संस्थाको सहकार्यमा सस्तो मुल्यमा उपभोक्तालाई खाद्यान्न, फलफुल, पशुजन्य वस्तु बिक्रि वितरण सुरु गरिएको छ । शनिबार पहिलो पाईला बहुउद्देश्यीय सहकारी संस्था लि. भद्रपुर र टेवा कृषि सहकारी संस्था लि. भक्तपुरको सहकार्यमा रंगेली आमतोलास्थित सनसरी माई खाद्य उद्योगको उद्घाटन गरिएको छ ।
पहिलो पाइलाका अध्यक्ष सनिप भुजेलका अनुसार सनसरी माई खाद्य उद्योगबाट गुणस्तरीय चामल खरिद गरी काठमाडौंमा कम मुल्यमा उपभोक्ता माझ पुर्याइनेछ ।
कार्यक्रममा भुजेलले नेपालमै पहिलो पटक दुई वटा सहकारी मिलेर अन्तर सहकारी कारोबार गर्न लागिएको बताउनुभयो । सहकारीहरु बीचको आपसी सहकार्य अन्र्तगत पहिलो पाइलासँग मिलेर सनसरीमाई खाद्य उद्योगबाट गुणस्तरिय चामल काठमाडौंमा रहेका सहकारीका सदस्यसहितलाई उपलब्ध गराइने टेवा सहकारीका सचिव जगतकृष्ण श्रेष्ठले जानकारी दिनुभयो।

बजारमा किसानले उत्पादन गरेको जुनसुकै वस्तुलाई सिधै उपभोक्ता समक्ष पुर्याउने उद्देश्यका साथ यो कार्यको थालनी गरिएको अध्यक्ष भुजेलले जानकारी दिनुभयो। ‘काठमाडौंको सल्लाघारीमा टेवा कृषि र पहिलो पाइला सहकारीको स्टल लिइसकेको छौं,’ उहाँले भन्नुभयो, ‘इलाममा छुर्पीलगायत डेरीजन्य खाद्यको बिक्रि वितरणको लागिसमेत तयारी भइरहेको छ ।’ यस्तै किवि, मुला आलुलगायतका किसानले उत्पादन गरेका खाद्यान्नहरुसमेत किसानसँग सोझै किनेर आफ्ना ग्राहकका साथै अन्य उपभोक्ताहरुलाई पुर्याउने उनले बताउनुभयो ।
टेवा कृषिका अध्यक्ष गणेशमान श्रेष्ठका अनुसार काठमाडौंमा धेरै मुल्य तिरेर पनि गुणस्तरिय चामल नपाउने ग्राहक, उपभोक्ताहरुको लागि यो उपाय फाइदाजनक हुने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार