३० असार २०८३, मङ्गलबार

दशैंमा नयाँ नोट साट्न नपाइने

२०७७ असोज २६, सोमबार
दशैंमा नयाँ नोट साट्न नपाइने

काठमाडौं । यस वर्षको दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु वितरण नगर्ने भएको छ । देशका विभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएका कारण राष्ट्र बैंकले दशैंमा नयाँ नोटहरु वितरण नगर्ने भएको हो ।

नयाँ नोट वितरण गर्दा कोरोना संक्रमण फैलन सक्ने जोखिम हुने हुनाले वितरण नगर्ने भएको हो । दशैंमा नयाँ नोट वितरण नगर्ने बारेमा आधिकारिक जानकारी राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकले हरके बर्ष नेपालीहरुको महान चाड दशैंको अवसरमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटहरु साट्दै आइरहेको थियो ।

अभिलेख

लोकप्रिय