११ भदौ २०८३, बिहिबार

को-अपरेटिभ म्यानेजर्स क्लब कास्कीको अध्यक्षमा पुनः बस्नेत

२०७७ असोज २३, शुक्रबार
को-अपरेटिभ म्यानेजर्स क्लब कास्कीको अध्यक्षमा पुनः बस्नेत

पोखरा, २३ असोज

को-अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी), कास्कीको तेस्रो वार्षिक साधारणसभाले सर्वसम्वत नयाँ नेतृत्व चयन गरेको छ ।

भर्चुअल रुपमा आज सम्पन्न साधारण सभाले पुनः डम्बर सिंह बस्नेतलाई अध्यक्षमा चुनेको छ । बस्नेत गौरीशंकर सहकारी संस्था, हेम्जामा कार्यरत हुनुहुन्छ ।

त्यस्तै उपाध्यक्ष अपिल कोईराला (कोन सामुदायिक साकोस, भद्रकाली), सचिवमा हरिप्रसाद पन्थी (सरल नमुना सहकारी, चिप्लेढुंगा), कोषाध्यक्षमा मोहनप्रसाद अधिकारी (पृथ्यी सहकारी) र सह–सचिव सन्तोष त्रिपाठी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा निरु थापा, सन्तोष रानाभाट, किरण अधिकारी, शंकरप्रसाद पौडेल, प्रेमसागर अधिकारी र सुजाता ढुंगाना चयन हुनुभएको छ ।

सिएमसी कास्की २०७५ साल साउन २२ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा दर्ता भएको संस्था हो । पोखरा रोयल साकोसका मुख्य प्रबन्धक मीलक ढकालको नेतृत्वमा संस्था स्थापना भएको थियो ।

कार्यक्रममा मानार्थ सदस्य भीम गुरुङ, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाई प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले कर्मचारीको ब्यक्तीगत खुसी र आत्मसन्तुष्टीलाई पनि सँगसँगै लैजानुपर्ने बताउनुभयो । सहकारीमा देखिएका विकृतिलाई सुधार गर्दै लैजानु पर्ने जिम्मेवारी रहेको समेत उहाँले बताउनुभयो ।

त्यस्तै संस्थाका मानार्थ सदस्य समेत रहनुभएका पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले व्यवस्थापकहरुले रचनात्मक काम गर्नुपर्ने बताउनुभयो । संस्थालाई नयाँ ढंगले अघि बढाउनु पर्ने र एक अर्कालाई सहयोग गर्दै अघिबढ्न सुझाव दिनुभयो ।

 

संस्थाका उपाध्यक्ष अपिल कोईरालाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । संस्थामा हाल १ सय ९ जना आवद्ध भएका छन् ।

अभिलेख

लोकप्रिय