२३ वर्षमा महिला साकोस, विपन्न सदस्यलाई खाद्यान्न वितरण
२०७७ असोज २२, बिहिबार
इटही, २२ असोज
इटहरी–४ स्थित महिला बचत तथा ऋण सहकारी संस्था २३ वर्षमा प्रवेश गरेको छ । २३ औँ स्थापना दिवसको अवसरमा संस्थाले खाद्यान्न वितरण गरेको छ ।
संस्थाले दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउँदै आएका ४० जना सदस्यहरूलाई खाद्यान्न वितरण गरेको हो ।
७५ जना महिलाले १ लाख रुपैयाँ संकलन गरी सुरु भएको संस्थामा हाल १० हजार सदस्यहरू आवद्ध भएका छन् । संस्थाको कुल पुँजी ६५ करोड भन्दा बढी छ । संस्थाले ४२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ ।
संस्थाले व्यापार व्यवसाय, कृषि र शिक्षा लगायत क्षेत्रमा लगानी गर्दै आएको छ । बिनाधितो ५ लाख रुपैयाँ र धितोमा ६० लाख रुपैयाँसम्म लगानी गरिरहेको छ ।
खाद्यान्न वितरण कार्यक्रममा संस्थाकी अध्यक्ष अमृता शुब्बाले लकडाउनको कारण मजदुरी गर्न नपाएका आफ्ना शेयर सदस्यहरूलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार