११ वर्षमा शिखर साकोस, साना उद्यमीलाई ८ प्रतिशत ब्याजदर मै लगानी गर्ने घोषणा
बिर्तामोड, २२ असोज
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्था ११ वर्षमा प्रवेश गरेको छ । २०६७ साल असोज २२ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको संस्था आजबाट ११ वर्ष प्रवेश गरेको हो । ४४ जना प्रतिव्यक्ती एक हजारबाट सुृरु भएको संस्था आज ६० करोडको कारोबार गर्दै आएको छ ।
बिर्तामोडको भद्रपुर रोडमा मुख्य कार्यालय रहेर राजगढ र गरामनी सेवा केन्द्रबाट पनि सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थामा हालसम्म ७ हजार १ सय ९२ सदस्य रहेका छन् । संस्थाको सेयर पुँजी ४ करोड ८० लाख ३९ हजार ७ सय रहेको छ । ५५ करोड १७ लाख बचत तथा ५३ करोड ४० लाख ऋण लगानी संस्थाले गरेको छ । संस्थामा ३२ जना कर्मचारी कार्यरत छन् ।
एउटा कोठा बाट सुरुवात भएको संस्था ११ औं वर्षमा आईपुग्दा आफ्नै भवन खरिद गर्न सक्षम भएको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले जानकारी दिनुभयो । विर्तामोडको भद्रपुर रोडमा ४ तलासहितको भवन हाल खरिद गरिएको उहाँले बताउनुभयो । ‘सदस्यहरुको विश्वास, भरोषा र निरन्तर कारोबार नै शिखर साकोसको उपलब्धी हो’, अध्यक्ष राउतले भने, ‘अब केही महिनामा नै हामी आफ्नै भवनबाट सेवा सुचारु गर्नेछौं ।’
संस्थाले स्थापना दिवसको अवसरमा साना उद्यमीहरुलाई ८ प्रतिशत ब्याादरमा लगानी गर्ने घोषणा गरेको छ । अन्य कर्जाहरुमा ११.९९ देखी १४.७५ प्रतिशत भन्दा बढि नहुने अध्यक्ष राउते बताउनुभयो । स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत शनिश्चरे स्थित अपाङ्ग बाल सरोकार केन्द्रमा खाद्यन्न वितरण गर्ने उहाँले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार