सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजना तयार, कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान १५ प्रतिशत
काठमाडौं, २१ असोज
सहकारी क्षेत्रको आगामी २५ वर्षे रणनीतिक योजना तयार भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले उक्त रणनीतिक योजना तयार गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बुझाएको छ ।
आज एक कार्यक्रमको बीच उक्त रणनीतिक योजना बोर्डका अध्यक्ष समेत रहनुभएका मन्त्री पद्मा कुमारी अर्याललाई बुझाईएको छ ।
रणनीतिमा सहकारीको विकासक्रम, नेपालमा सहकारीको समग्र अवस्था, विषयगत सहकारी संस्थाको विद्यमान अवस्था, सहकारीका सबल पक्ष तथा सम्भावनाहरु समावेश गरिएको छ ।
सहकारी क्षेत्रको आर्थिक विश्लेषण र प्रक्षपण, अथएतन्त्रमा सहकारीको योगदान तथा अन्तर्राष्ट्रिय अनुभव, विश्व अर्थतन्त्रमा सहकारीको योगदान, मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा सहकारीको योगदान, सहकारीका प्रमुख सुचकहरुको प्रक्षेपण र रणनीतिक योजना अन्तर्गत हासिल गर्ने लक्ष्यहरु उल्लेख गरिएको सह अध्यक्ष दक्ष पौडेलले बताउनुभयो ।
२५ वर्षमा कुल ग्राहस्थ योदनामा सहकारीको योगदान २५ पुर्याउने लक्ष्य राखिएको छ । २५ वर्ष भित्र हाल रहेको सहकारीको संख्यालाई १५ हजार कायम गर्ने लक्ष्य राखिएको छ ।
रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढिकरणका निम्ती रणनीतिक दस्तावेज निर्माण गरेको बताउनुभयो । ‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरु के छन् ? अहिलेसम्म प्राप्त उपलब्धीहरु के छन् भन्ने कुराको चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन’, मन्त्री अर्यालले भन्नुभयो । अन्तराष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ती स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताउनुभयो ।
संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रसङ्ग जोड्दै उहाँले संविधानको कार्यान्वयसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको उल्लेख गर्नुभयो । सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको बताउनुभयो । ‘हामीसँग सहकारीका संख्याहरु धेरै छन् । सहकारी आर्थिक रुपमा सबल छ । सहकारीमा भएका पूँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनुपर्नेछ । व्यवसायिक बन्दै रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई यो दस्तावेजमा महत्वका साथ उठाइएको छ’, मन्त्री अर्यालले भन्नुभयो । संख्यात्मक रुपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेको भन्दै सुशासलाई विशेषरुपमा जोड दिइएको उहाँले बताउनुभयो ।
सहकारी सम्बन्धी निर्माण गरिएका कानुन कार्यान्वयमा विशेष जोड दिइएको समेत मन्त्री अर्यालले बताउनुभयो । तिनवटै तहको सरकारबीच समन्वय गरी सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्रबीच साझेदारी गरेर अगाडी बढ्नुपर्ने भन्दै उहाँले समृद्ध नेपाल खुसी नेपालीको सरकारी लक्ष्य हासिल गर्न यी सबैबीच सहकार्यको जरुरी रहेको बताउनुभयो । ‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य लिएर अगाडी बढीरहेको छ । दिगो विकास लक्ष्यमा पनि यी कुराहरु उल्लेख गरिएका छन्’, उहाँले भन्नुभयो, ‘त्यो सपनालाई साकार पार्न सहकारीका माध्यमबाट महत्वपूर्ण योगदान दिन सक्छौ । र त्यो ढंगले हामी अगाडी बढ्नुपर्नेछ ।’ मन्त्री अर्याले सहकारी क्षेत्रलाई उद्यमशीलता, व्यवसायिकतामा लगाउनका निम्ती बाधक रहेका ऐनहरुको संशोधन गरेर अगाडी बढ्ने समेत बताउनुभयो ।
सहकारी विकास वोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने समेत बताउनुभयो । सहकारी अभियानलाई यो कार्यमा सहभागी गराउने बताउदै मन्त्री अर्यालले समयसापेक्ष कार्यक्रम बनाउने समेत बताउनुभयो । वोर्डका अध्यक्ष समेत रहनुभएका मन्त्री अर्यालले भन्नुभयो, ‘रणनीतिका विषयमा केही प्रश्न पनि उठेका छन् । यसलाई हामीले कार्यान्वयनमा लैजान कार्यनीति बनाउछौ । कार्यनीति समय सापेक्ष बन्छ ।’
त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले रणनीति २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडी बढाउने भन्ने भिजनरी दस्तावेज भएको बताउनुभयो । उक्त रणनीति सरकारले आवधिक योजना, वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने भन्दै सचिव पाण्डेले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अगाडी बढाउने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार