नमस्ते साकोसको २० औं साधारण सभा सम्पन्न, अध्यक्षमा अञ्जन पौडेल चयन
दाङ, १९ असोज
घोराही उपमहानगरपालिकास्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभाले सर्वसम्मत सञ्चालक र लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । असोज १० गते देखीसुरु गरिएको साधारण सभाका कार्यक्रम १७ गते एक समारोहका साथ सम्पन्न गरेको हो ।
सभाले आगामी चार वर्षका लागि अञ्जन कुमार पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र सुनिल कुमार रेग्मीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन समेत गरेको छ ।
कोरोना महामारीको बढ्दो संक्रमणकाबीच स्वास्थ्य सतर्कता, भौतिक दुरी सहित सरोकारवाला निकायबाट जारी साधारणसभा सञ्चालन निर्देशिकाको पालना गर्दै सदस्यहरुको सर्वोच्च सभा शनिवार सफलतापूर्वक सम्पन्न गरेको हो । असोज २ गतेको सञ्चालक समितिको बैठकको निर्णयबाट साधारण सभा तयारी, लेखा परिक्षण, प्रतिवेदन छपाई , महामारीमा साधारणसभा सञ्चालन सम्बन्धी कार्यबिधि २०७७ निर्माण सहित साधारण सभा प्रारम्भ भएको थियो ।
संस्थाले साधारणसभा आयोजना कार्यदल गठन गरी भौतिक रुपमै सदस्य घरदैलो कार्यक्रम मार्फत वडा वडा मा प्रतिवेदन वितरण तथा सुझाव संकलन गरी भौतिक र अभौतिक मिश्रित पद्धति मार्फत साधारण सभा सम्पन्न गरेको हो ।
मिश्रित पद्धति अपनाउँदै वडा वडाबाट माइनुट प्रमाणितका लागी चुनिएका सदस्यहरुको उपस्थितिमा भौतिक दूरी कायम गर्दै साधारण सभा सम्पन्न भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी गराउनु भयो । ७ सय ३१ जना सदस्य संख्या रहेको साकोसको साधारण सभामा ६१.५६ प्रतिशत सदस्यहरुको उपस्थिति थियो ।
साधारण सभाले साकोस एकरुपता प्रणालीको अबलम्बन, बिचार मिल्ने साहकारी सँगको एकिकरण, सुलभ कर्जा प्रवाहमा जोड, विभिन्न ६ वटा नीतिहरु अनुमोदन गर्नुका साथै कार्यक्षेत्र विस्तारका लागी विनियम संसोधन प्रस्ताव समेत पास गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार