सहकारी नेतृत्व र मुख्य सचिवबीच भेटवार्ता, सहकारीका बारेमा के भने मुख्य सचिवले ?
काठमाडौं, १९ असोज
राष्ट्रिय सहकारी महासंघका टोलीले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव शंकरदास वैरागीसँग भेटवार्ता गरेको छ । महासंघका अध्यक्ष मीनराज कडेलको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधिमण्डलले सोमबार भेटवार्ता गरेको हो ।
भेटमा महासंघका टोलीले नवनियुक्त मुख्य सचिवलाई संविधानको भावना अनुरूप सहकारीले उत्पादन, प्रशोधन, उद्योग एवंम सेवा लगायतका समर्ग क्षेत्रमा कार्य गर्न पाउने गरी नीति तथा कानुन निर्माण गर्ने वातावरण तयार गरी दिन आग्रह गरेको थियो ।
भेटवार्तामा मुख्य सचिव वैरागीद्धारा समग्र क्षेत्रको पूर्वाधार विकास, सुशासन र सेवा प्रवाहलाई चुस्त दुरूस्त बनाउने कार्यमा सहकारी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने हुँदा सोही अनुसार सहकारी क्षेत्रलाई प्राथमिकतामा राखि योजना बनाउने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले सहकारी क्षेत्रका मुद्धाहरूमा आवश्यक छलफल गर्न उपयुक्त समयमा बैठक बोलाउने समेत जानकारी गराउनुभयो ।
उक्त टोलीमा उपाध्यक्ष रमेश प्रसाद पोखरेल, महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाग सुव्वा समेतको सहभागिता रहेको थियो । उक्त प्रतिनिधिमण्डलद्धारा नवनियुक्त मख्य सचिवलाई वधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सहकारी महासंघको अपिल
१० भाद्र २०८३, बुधबार
बाढी पीडितको राहतका लागि जनउत्थान साकोसको ८ लाख सहयोग
१० भाद्र २०८३, बुधबार
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार