सर्वशुलभ सहकारीद्वारा तोरी मिल संचालन, महानगरको ५० प्रतिशत लागत साझेदारी
२०७७ असोज १८, आईतवार
भरतपुर, १८ असोज
भरतपुर महानगर–६ मा रहेको सर्वशुलभ सहकारीले तोरी मिल संचालन गरेको छ । आज एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेणु दाहालले मिलको उद्घाटन गर्नुभयो ।
मेयर रेनु दाहालले भरतपुर महानगरपालिकाले कृषि क्षेत्रको समग्र विकासको लागि विभिन्न कार्यक्रममा केन्द्रित रहेको बताउनु भयो । उहाँका अनुसार कृषि अनुदान, कृषि परियोजनामा महानगरले लगानी गरिरहेको छ ।
तोरी मिल भरतपुर महानगरको कृषि तथा पशुपक्षी शाखाको ५० प्रतिशत साझेदारीमा संचालनमा आएको हो । मिलको लागत ६ लाख १८ हजार २ सय १७ रुपैया छ । भरतपुर महानगरको ३ लाख ५० हजार र सस्थाको २ लाख ६८ हजार २ सय १७ रुपैया लगानी छ । १४ वर्ष अघि स्थापना भएको सस्थामा ३० महिलासहित १ सय ६९ जना सदस्य छन् ।
सहकारीले धान, गहुँ, मकै, मसला आदि कुटानी पिसानी गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार