५ दिनमा सक्नेगरी सुप्रिम साकोसले डाक्यो साधारणसभा
काठमाडौं, १७ असोज
ललितपुरमा मुख्य कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दशौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
संस्थाको असोज १५ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार साधारणसभा कात्तिक १ गते शनिबारदेखि कात्तिक ४ गते मंगलबारसम्म संस्थाको मुख्य कार्यालयमा प्रत्येक दिन बिहान ८ बजेदेखि ६ बजेसम्म संचालन हुनेछ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व २०७६/७७ को वार्षिक प्रातिवेदन र आ।व २०७७र७८ का लागि तय गरिएको वार्षिक नीति तथा कार्यक्रमा एवं बजेट र अन्य व्यवस्थाहरु उपर छफल गरी पारित गरिनेछ ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको तर्फबाट आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरि पारित गर्ने, वासलात, नाफारनोक्सान हिसाब एवं नगद प्रवाह विवरणसहित पेश गरेको वार्षिक लेखा परिक्षण प्रतिवेदन उपर छफफलगरि पारित गर्ने, संचालक समितिको सिफारिस अनुसार सदस्यहरुलाई शेयर लाभांश वितरण गर्ने, कर्मचारीहरुलाई बोनस वितरण गर्ने, विभिन्न मितिमा संचालक समितिबाट भएको निर्णयहरुको अनुमोदन तथा समर्थन गर्ने लगायत विषयमा छलफल गरि पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार