लालीगुराँसका दुग्धजन्य पदार्थ बजारमा
ललितपुर, १५ असोज
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दुग्धजन्य पदार्थ बिक्रि गर्न बिहीबार (आज)बाट सुरु गरेको छ ।
संस्थाको लगानीमा स्थापना भएको श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योगको उद्घाटन २२ औं स्थापना दिवसको अवसरमा गरिएको छ । उद्योगको संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले गर्नुभएको थियो ।
प्रमुख भण्डारीले व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, घ्युको बिक्रि वितरण सुरु गरेको जानकारी दिनुभयो । चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले दुग्ध उद्योग स्थापना गरेको हो । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गर्नुभयो । उहाँले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताउनुभयो ।
उक्त उत्पादनको ब्राडिङ लालीगुराँस गरिएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार