३० असार २०८३, मङ्गलबार

अब सहकारी संस्थाले पनि सम्पत्ति शुद्धिकरण सफ्टवेयरको प्रयोग गर्ने

२०७७ असोज ४, आईतवार
अब सहकारी संस्थाले पनि सम्पत्ति शुद्धिकरण सफ्टवेयरको प्रयोग गर्ने

काठमाडौं, ४ असोज

सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिस्टम सहकारीमा पनि प्रयोग हुने भएको छ ।

इन्फोडेभलपर्स प्राइभेट लिमिटेड र डेटम सिस्टम्स प्राइभेट लिमिटेडबीच पारस्परिक सहयोग उपलब्ध गराउने सम्झौता भएको छ । सहकारी संस्थाहरुमा बैंकिंग सफ्टवेयर उपलब्ध गराउने अग्रणी संस्थाको रुपमा इन्फोडेभलपर्स रहेको छ ।

समझदारी पत्रमा डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले हस्ताक्षर गर्नुभएको छ ।

यस समझदारीबाट सहकारी संस्थाहरुले अत्यन्त सरलिकृत रुपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सहकारी विभागले समय समयमा दिएका निर्देशन बमोजिम ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरण को आधारमामा जोखिम निर्धारण गर्न सक्ने डेटमले जनाएको छ ।

सदस्यको पेशा, स्थान, व्यवसाय को प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र डेलिभरि च्यानेल समेतको आधारमा सफ्टवेयरले जोखिम निर्धारण गर्न सक्नेछन । ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा ग्राहकको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन ।

यसका अतिरिक्त ट्रस्टएमल सिस्टमको प्रयोग बाट सहकारी संस्थाहरुले वित्तीय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमा कारोबार, शंकास्पद कारोबार र शंकास्पद गतिविधि प्रतिवेदन इलेक्ट्रोनिक मध्यमबाट पठाउन सक्ने प्रविधिको विकास भएको डेटम प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बताउनुभयो ।

डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि सहकारी संस्था मा भएको प्राबधानको कार्यान्वयन गर्न आबश्यक पर्ने साधन, श्रोत, प्रबिधि र ज्ञान सहकारी संस्था सम्म पुग्न यस समझदारी कोशेढुंगा हुने बताउनुभयो ।

बैंकिंग सफ्टवेयर विकास गर्ने संस्था र सम्पत्ति शुद्धिकरण निवारण गर्न कार्य गर्ने सफ्टवेयर विकास गर्ने संस्था को सहकार्य बाट नेपालमा छरिएर रहेका सहकारी संस्थाहरु लाई सस्तो र सुलभ रुपमा उपलब्ध भएपछि सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय लक्ष र सन् २०२१ हुने परस्पर मूल्यांकनमा पुग्न सहयोग मिल्ने इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले आशा ब्यक्त गर्नुभयो ।

अभिलेख

लोकप्रिय