सहकारी मन्त्रालयद्वारा एक सय सहकारीलाई कम्पुटर वितरण
जनकपुरधाम : प्रदेश २ मा रहेका सहकारी संस्थालाई प्रविधिमा जोड्ने उद्देश्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकसय सहकारी संस्थालाई कम्प्यूटर सेट प्रदान गरेको छ ।
मन्त्रालयले प्रदेशका आठ वटै जिल्लाका १ सय सहकारी संस्थालाई ७० हजार बराबरको कम्प्यूटर सेट हस्तान्तरण गरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारी संस्थाहरुलाई हिसाव किताब पारदर्शी राख्न र प्रविधि मैत्री बनाउने उद्देश्यले कम्प्यूटर वितरण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गरिबी निवारण तथा कृषि एवं अन्य साना व्यवसाय प्रवद्र्धन गर्न र आर्थिक उर्पाजन बढाउनका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने हुँदा सहकारीलाई अझ सशक्त बनाउने उद्देश्यले कम्प्यूटर सहयोग गरिएको हो ।’ सहकारीको हिसाब किताब राख्न र सफ्टवेयरको तालिमसँगै सहकारीलाई दिगो बनाउनका निम्ति प्रदेश सरकार सदैव तत्पर रहने समेत उहाँले बताउनुभयो ।
मन्त्रालयले धनुषाका २६, महोत्तरीका १२, सिरहाका १२, सप्तरीका १२, बाराका १०, पर्साका ६, रौतहटका १० र सर्लाहीका १२ वटा गरि जम्मा १ सय सहकारी संस्थालाई प्रक्रिया र मापदण्ड पुर्याएर कम्प्यूटर वितरण गरेको मन्त्री साहले जानकारी दिनुभयो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार