२० कात्तिक २०८३, शुक्रबार

चियामा सिन्डिकेट लाद्न खोजेको सहकारीको आरोप

२०७१ वैशाख १९, शुक्रबार
चियामा सिन्डिकेट लाद्न खोजेको सहकारीको आरोप

इलाम, १९ वैशाख । इलाममा संचालित चिया सहकारी संस्थाहरु तथा किसानहरुले भारतीय चिया व्यापारीले चियामा सिन्डिकेट लाद्न खोजेको आरोप लगाएका छन् ।

चिया कारखानाले भारतीय व्यापारीको पक्षमा लागेर अग्र्यानिक मापदण्डअनुसारको हरियोपत्तिको उचित मूल्य नदिइरहेको तथा गुणस्तर नभएको भन्दै गत सालको भन्दा पनि कम मूल्य निर्धारण गरेर सिन्डिकेट लाद्न खोजेको बताएको छ । ठूला चिया कारखानामध्ये करिब एकदर्जन कारखाना भारतीय उद्योगपतिको स्वामित्वमा रहने भएपछि किसानले चियाको मूल्य उचित नपाउने सहकारीको भनाइ छ ।

तर कारखानाले पहिलो सिजनकै टिपाइको चियामा गुणस्तर नभएको भन्दै गतवर्षको यस सिजनको मूल्यभन्दा आधा घटाएपछि अहिले चिया कृषक तथा चिया उत्पादन गर्दै आएको सहकारी चिन्तित बनेका छन् । उद्योगपतिले जस्तो पनि चिया लिने अनि गुणस्तरको मापदण्ड कृषकलाई नतोक्दा समस्यामा परेको लक्ष्मीपुर–२ का पदम तामाङले बताए ।

कारखानाले अहिले माईपूर्वका अधिकांश ठूला चिया कारखानामा हरियो पत्तिको मूल्य प्रतिकिलो ३० देखि ४० सम्म निर्धारण गरेको छ । गत वर्ष यही सिजनमा प्रतिकिलो ७० सम्म चिया बिक्री भएको थियो ।

अभिलेख

लोकप्रिय