विषम परिस्थितिमा सहकारीको साधारणसभा गर्ने १० विकल्प प्रस्ताव
१) सर्वप्रथम आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र लेखापरिक्षण सम्पन्न गरी वार्षिक प्रतिवेदन तयार पार्ने ।
२) नियामक निकायबाट लेखापरिक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदनको पुर्व स्वीकृत गर्ने (यसपटकको लागि मात्र )
३) वार्षिक प्रतिवेदन सुरक्षित माध्यमबाट सदस्यहरुको घरघरमा पुर्याउने, सदस्यको इमेलमा पठाउने र संस्थाको वेभसाईटमा राख्ने साथै स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा संक्षिप्त प्रगति प्रतिवेदन समेत प्रकाशन गर्ने ।
४) प्रतिवेदन प्राप्त भएको १५ दिनभित्र सदस्यहरुको प्रश्न तथा सुझावहरु उपयुक्त माध्यमबाट संकलन गर्ने ।
५) प्राप्त सुझाव र प्रश्नहरुको प्रति उत्तरसहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र
उच्च व्यवस्थापन सहितको बढिमा २५ जनासम्मको विस्तारित बैठक गर्ने, उक्त बैठकलाई संस्थाको फेसबुक र सम्भव भएसम्म रेडियो र टिभीबाट प्रत्यक्ष प्रशारण गर्ने ।
६) विस्तारित बैठकको निर्णयहरु १५ दिनभित्र सम्बन्धित नियामक निकायमा जानकारी गराउने ।
७) लेखापरिक्षणबाट एकिन गरिएको र विस्तारित बैठकबाट पारित भएको लाभांश अन्तरिम लाभांशका रुपमा सदस्यहरुको खातामा पठाउने ।
८) प्रतिवेदन तथा निर्णयहरु अर्को वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने अख्तियारी लिने ।
९) निर्वाचन गर्नुपर्ने संस्थाको हकमा सम्बन्धित निकायबाट पूर्व स्वीकृत लिई एक वर्षको लागि निर्वाचन स्थगन गर्ने ।
१०) उपरोक्त बमोजिम सहकारीको वार्षिक साधारणसभा सम्पन्न गर्नका लागि संस्थाले महामारीमा साधारणसभा सप्पन्न गर्ने कार्यविधि निर्माण गर्ने, सरकार र सहकारी संघमार्फत तुरुन्त थप मार्ग निर्देशन जारी गर्ने ।
यो १० बुँदे विकल्प प्रस्ताव पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्कीका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले तयार पार्नुभएको हो । उहाँले सामाजिक सञ्जाल फेसबुक र विभिन्न माध्यमहरुबाट आएको प्रतिक्रियाहरुलाई समेत समेटेर यो विकल्प प्रस्ताव तयार गर्नुभएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विश्व ऋण परिषद्को ‘डिजिटल ग्रोथ अवार्ड’ जित्दै चन्द्रागिरि साकोसले रच्यो इतिहास
५ श्रावण २०८३, मंगलवार
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार