‘पोलिसी एकरुपता नहुँदा सहकारी क्षेत्र पछाडि पर्यो’
काठमाडौं : मुलुकको वित्तीय क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्वपूण रहेको राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले बताउनुभएको छ ।
७ खर्ब रुपैयाँभन्दा बढी वित्तीय क्षेत्रमा योगदान पुर्याएको उहाँको भनाई छ । सहकारीले सामाजिक र आर्थिक रुपान्तरणमा उदाहरणीय काम गरेको बताउनुहुँदै गुरागाईले भन्नुभयो, ‘सहकारी क्षेत्रमा नियमन बलियो नहुँदा केही समस्या देखिएको छ ।’
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले शनिबार आयोजना गरेको ‘सहकारी र बैंक तथा वित्तीय संस्थासँग सहकार्य’ विषयक भच्र्युअल छलफल कार्यक्रममा बोल्दै उहाँले वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने सहकारी क्षेत्रलाई राज्यले वेवास्ता गरेको बताउनुभयो ।
‘सहकारी क्षेत्रमा ६३ लाख मानिस आबद्घ हुनु ठूलो कुरा हो’, उहाँले भन्नुभयो, ‘यो संख्या कुल जनसंख्याको २५ प्रतिशत हो ।’ सहकारी र बैंक तथा वित्तीय संस्थाको पोलिसीमा एकरुपता नहुँदा सहकारी पछाडि परेको उहाँको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विश्व ऋण परिषद्को ‘डिजिटल ग्रोथ अवार्ड’ जित्दै चन्द्रागिरि साकोसले रच्यो इतिहास
५ श्रावण २०८३, मंगलवार
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार