सहकारी बैंकको लक्ष्य : ६० अर्ब निक्षेप, ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा गर्ने
ललितपुर, ४ भदौ
राष्ट्रिय सहकारी बैंक लिमिटेडले वार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समिक्षा बैठक बिहीबार सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालित भर्चुअल बार्षिक समिक्षा बैठकले आर्थिक वर्ष २०७६/०७७ को बार्षिक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ ।
बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ शेयर सदस्य, २ अर्ब ५० करोड शेयर पूँजि, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तावित योजना पूर्ण रुपमा कार्यान्वयन गर्दै बैंकमा १२ हजार भन्दा बढी शेयर सदस्य २ अर्ब २२ करोड शेयर पुँजि, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो ।
समिक्षा वैठकबाट चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने लगायतका विषयमा योजना निर्माण भएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिनुभयो ।
बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य संघ संस्थाहरुको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि वित्तीय लगायतका सेवाहरुलाई थप प्रभावकारी बनाइने भएको छ ।
सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउनक लागि जिल्ला तथा प्रदेश स्तरीय संघहरुको संस्थागत विकासमा समन्वय गर्ने, सहकारी संस्थाहरुको एकीकरणलाई प्रवद्र्धन गर्ने लगायतका कार्यक्रम वैठकले तय गरेको छ ।
बैंकले प्रदान गरेको कर्जा सदुपयोगिता अनुगमन तथा निरीक्षणलाई व्यवस्थित गर्ने, असल ऋणि कार्ड (ग्रिन कार्ड) वितरण गर्ने, व्यवसाय योजना तयार गरी परामर्श दिने लगायतका काम गर्ने योजना बैंकले बनाएको छ ।
समिक्षा कार्यक्रमको समापनका क्रममा बैंकका अध्यक्ष के.बी. उप्रेतीले बैंकले दिने सेवा सुविधामा कमि आउन नदिन तथा थप प्रभावकारी बनाउनका लागि वित्तीय तथा सेवाका बारेमा सचेत रहन व्यवस्थापन र शाखा प्रमुखहरुलाई आव्हान गर्नुभयो ।
बैंकले लिएको लक्ष्य पुरा गर्नका लागि सञ्चालक समितिले नीतिगत निर्णय गर्ने, व्यवस्थापनले योजना निर्माण गर्ने र शाखाहरुमार्फत कार्यान्वयन गरिने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनुभयो ।
समिक्षा वैठकको पहिलो दिन ४४ वटा शाखा प्रमुखहरुले गत आर्थिक वर्षको यथार्थ अवस्था र चालु आर्थिक वर्षको वार्षिक लक्ष्य तथा लक्ष्य प्राप्तिका योजना प्रस्तुत गर्नु भएको थियो । दोस्रो दिन शाखा प्रमुखहरुले प्रस्तुत गरेका योजना तथा कार्यक्रममाथि छलफल गरी वार्षिक लक्ष्य तय गरिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार