ज्योति मिर्मिरे सामुहिक बागमती प्रदेशकै उत्कृष्ट सहकारी
काठडमाडौं, ३ भदौ
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती बागमती प्रदेशकै उत्कृष्ट सहकारी घोषित भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले ३३ औं स्थापना दिवसको अवसरमा प्रदेशबाट उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गर्ने घोषणा गरेको हो ।
पनौती नगरपालिका–६ मा मुख्य कार्यालय रहेको संस्थाले काभ्रेका विभिन्न स्थानहरुमा समेत सेवा केन्द्र स्थापना गर्न सफल भएको छ । एकै पटक ४ वटा सहकारी २०६९ सालमा एकीकरण गरेर सहकारी क्षेत्रमा आफ्नो नाम स्थापित गरेको थियो । विगत ४ वर्षदेखि यस संस्था प्रोबेशन कार्यक्रममा समेत सहभागीता जनाएको छ ।
२०५६ सालमा स्थापित यस संस्थामा हाल ११ हजार सदस्य रहेको संस्थाका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिनुभयो । लघुवित्तको काम गर्ने एक अग्रणी संस्थाको रुपमा समेत संस्था स्थापित भएको छ । ग्रामिण दुरदराजका सदस्यहरुले संस्थाले प्राथमिता दिदै आएको उहाँको भनाई छ । संस्थाले नेफ्कूनबाट उत्कृष्ट नेकोस प्लस पुरस्कार र लघुवित्तमा उत्कृष्ट पुरस्कार तथा सम्मान प्राप्त गरिसकेको छ ।
संस्थाको कुल सम्पत्ती ७३ करोड रहेको छ भने संस्थागत पुँजी ५ प्रतिशत रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जानकारी दिनुभयो । संस्थाले सदस्यहरुलाई विभिन्न शिपमुलक तालिम, वित्तीय साक्षरता तालिम, सहकारी शिक्षा लगायतका तालिम निरन्तर प्रदान गर्दै आएको छ ।
नीति, विधि र प्रविधिमा आधारित भएर सदस्यलाई सेवा प्रवाह गरिरहेको दाहालले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार