नेफ्स्कून पत्रकारिता पुरस्कार सम्पादक श्रेष्ठलाई
काठमाडौं, ३२ साउन
नेफ्स्कूनले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको छ । संघले ३३ औं स्थापना दिवसको अवसरमा आज केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
पत्रकारिताका माध्यमबाट सहकारी क्षेत्रका सूचना र गतिविधिहरुलाई सदस्य, सञ्चालक एवं सरोकारवाला निकायहरु समक्ष उचित स्थानका साथ सम्प्रेषण कार्यमा संलग्न पत्रकारलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने प्रचलन छ ।
पुरस्कार उपसमितिका संयोजक एवं नेफ्स्कूनका निवर्तमान अध्यक्ष डिबी बस्नेतले उक्त पुरस्कार घोषणा गर्नुभएको हो । विगत एक दशकदेखि सहकारी पत्रकारितामा सकृय श्रेष्ठसँग विभिन्न सञ्चार माध्यममा काम गरेको अनुभव छ । उहाँ हाल सहकारी टिभिका पनि सम्पादक हुनुहुन्छ ।
स्थापना दिवसमा घोषणा गरिने उक्त पुरस्कार वार्षिक साधारणसभाको अवसरमा आयोजिक कार्यक्रममा प्रदान गर्ने नेफ्स्कूनले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार