घरदैलो सेवा स्थगित गर्न सहकारी महासंघको अपिल
ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारी संघ/संस्थालाई घरदैलो सेवा स्थगित गर्न अपिल गरेको छ ।
मुलुकभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सहकारीका सदस्य, कर्मचारी र संचालकहरुको स्वास्थ्यमा जोखिम उत्पन्न भएकाले महासंघले घरदैलो मार्फत हुँदै आएको बचत संकलन र निक्षेप भुक्तानी सेवा स्थगन गर्न आह्वान गरेको हो ।
महासंघले आज (साउन २९) गते एक विज्ञप्ति प्रकाशित गरेर सहकारीलाई सम्भव भएसम्म प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह गर्न आग्रह गरेको छ ।
जोखिम न्यूनिकरण गर्न कार्यालय समय घटाएर ५० प्रतिशत कर्मचारी मार्फत सेवा दिन र पूर्णरुपमा संस्था बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएमा सम्पर्क व्यक्ति तोकेर सदस्यलाई अत्यावश्यक सेवा दिन अपिल गरेको छ ।
यसैगरी महासंघले सहकारीलाई आगामी असोज मसान्त भित्र सम्पन्न गरिसक्नुपर्ने आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षण कार्य अगाडि बढाउन र जोखिम न्यूनिकरणका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्न आह्वान गरेको छ ।
सहकारी ऐन, २०७४ अनुसार सहकारी संघ/संस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको भएपनि महासंघले विषम परिस्थितिका कारण वैकल्पिक उपाय खोज्न नियामक निकायसंग छलफल गरिरहेको जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार