सहकारी अभियान कहाँ पुग्ने र कसरी पुग्ने ?
काठमाडौं, २७ साउन
राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकनमा सहकारी अभियानको तर्फबाट सुझाव दिने उद्देश्यले सोमबार राष्ट्रिय सहकारी महासंघले सहकारी बैंक, विषयगत केन्द्रीय सहकारी संघ तथा उपत्यकाका जिल्ला संघका अध्यक्ष तथा प्रतिनिधिहरूसँग छलफल गरेको छ । सहकारी नीति २०६९ को पुनरावलोकन राष्ट्रिय सहकारी विकास बोर्डबाट मस्यौदा भैसकेको छ ।
महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी नीतिलाई सहकारी अभियानको गाइडलाइन भएकाले बृहत्त छलफल गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले अभियानको भावना र संविधानको स्प्रिटलाई नीतिमा समावेश गर्न सुझाव दिने बताउनुभयो । सो छलफलबाट उक्त नीतिलाई सहकारीकर्मीहरूसंग बृहत्त छलफल गरेर मात्र जारी गर्नका लागि बोर्डलाई सुझाव दिने निष्कर्ष निकालेको छ ।
निर्वतमान अध्यक्ष केशव बडालले बहुआयमिक गरिवी घटाउने कार्यक्रममा सहकारीको महत्वपूर्ण योगदान रहँदै आएको विभिन्न अध्ययनले देखाएको बताउनुभयो । उहाँले राष्ट्रिय सहकारी नीति, २०६९ को कार्यान्वयनको समीक्षा गर्दा उक्त नीतिको उद्देश्य अनुरूप अभियानले हासिल गरेको उपलव्धीलाई सही रूपमा विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सातवटै प्रदेशमा अन्तक्रिया गरेर सुझाव संकलन गर्न सकेको खण्डमा सबैको सुझाव समेट्न सकिने बताउनुभयो । उहाँले अब कहाँ पुग्ने र कसरी पुग्ने भन्ने विषय स्पष्टसँग समेटिनुपर्ने बताउनुभयो ।
उपाध्यक्ष रमेश पोखरेलले सहकारी अभियानको पुर्नसरचनाका लागि थप छलफल गर्नुपर्ने र नीतिलाई यथार्थपरक बनाउनु पर्ने धारणा राख्नुभयो । महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले नीतिको मस्यौदा गर्दा तथ्यांक महत्वपूर्ण भएकोले तथ्यांक संकलनमा जोड दिर्दै त्यसका लागि सबैले सहकार्य गरेर कार्य गर्न सकिने धारणा राख्नुभयो ।
महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले नीतिका विषयमा प्रस्तुती गर्दै हालको मस्यौदाभन्दा फरक सिर्जनसिल भएर अभियानको अवको दिशा निर्देश हुने गरी नयाँ तरिकाले सोच्नुपर्ने बताउनुभयो । उहाँले नीतिको मस्यौदामा भएको पृष्ठभूमि, वर्तमान स्थिति, मूख्य चुनौती, दुरदृष्ट्रि, दीर्घकालीन लक्ष्य, उद्देश्यहरूमा पुर्नलेखन गर्न आवश्यक भएको वताउनुभयो । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले पनि कार्यविधि, निर्देशिकामा राख्दा हुने विषय नीतिमा आएकोले यसलाई पुर्नलेखन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महासंघका संचालक टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल, केन्द्रीय जडिबुटी संघका अध्यक्ष ईश्वरीराज पाण्डे, कृषि, विउ, तरकारी तथा फलफुल केन्द्रीय सहकारी संघका अध्यक्ष विनोद पराजुली, नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका अध्यक्ष दिपकराज पौडेल, नेपाल स्वास्थ्य केन्द्रीय सहकारी संघको महासचिव खेम सुवेदी, नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका सचिव माधव तिमल्सिना, राष्ट्रिय सहकारी बैंकका संचालक तथा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ, राष्ट्रिय सहकारी बैंकका सिइओ सिए बद्री गुरागाई, महासंघका नायव महाप्रबन्धक बाबुल खनाल, संचारकर्मी यादव हुमागाईलगायतले सुझाव दिनुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विश्व ऋण परिषद्को ‘डिजिटल ग्रोथ अवार्ड’ जित्दै चन्द्रागिरि साकोसले रच्यो इतिहास
५ श्रावण २०८३, मंगलवार
सहकारीमा खाताबन्दी: भ्रम र यथार्थ
५ श्रावण २०८३, मंगलवार
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
५ श्रावण २०८३, मंगलवार