१६ जेठ २०८३, शनिवार

सिवाईसी साकोस र कुश्मिसेरा महिला विकास बहुउद्देश्यीय बीच एकीकरण

२०७७ साउन २६, सोमबार
सिवाईसी साकोस र कुश्मिसेरा महिला विकास बहुउद्देश्यीय बीच एकीकरण

बागलुङ, २६ साउन

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ र कुश्मिसेरा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. जैमीनी न.पा १ बागलुङ एक आपसमा एकीकरण हुने भएका छन् ।

कुश्मिसेरा महिला विकास बहुुउद्देश्यीय सहकारी संस्था लि. को आईताबार सम्पन्न दशौं बार्षिक साधारण सभाले संस्थालाई सिवाईसी साकोसमा एकीकरण गर्ने निर्णय गरेको हो । एकीकरण पश्चात संस्थाको नाम सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. रहने भएको छ ।

साधारण सभामा जैमीनी नगरपालीका नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी ईन्द्रराज पौडेलले सहकारी संस्थाहरु संख्यात्मक रुपमा धैरै भएकाले अहिलेको प्रमुख आवश्यकता एकीकरण नै भएको बताउनु भयो । एकीकरणमार्फत नै संस्थाहरुले सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्ने भन्दै पौडेलले संख्या बृद्धि भन्दा पनि गुणस्तर बृद्धिमा ध्यान दिनुपर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा एकिकृत संस्था सिवाईसी साकोसका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसीले हालसम्म २८ वटा संस्थाहरुसंग एकीकरण प्रकृया अगाडि वढाइसकेका र एकीकरण पश्चात सबै संस्थाहरुलाई सम्मानजनक व्यवहार गरेको बताउनु भयो । पौडेलले सबै सहकारी संस्थाहरु मिलेर गरिवी विरुद्धको अभियान र सरकारले लिएको एकीकरण नीतिलाई सफल बनाउनुपर्ने भन्दै सिवाईसीका सेवा सुविधाको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जैमीनी न.पा. वडा नं. ५ का अध्यक्ष गोपाल प्रसाद शर्मा, जैमीनी नगरपालीकाका सहकारी शाखा प्रमुख भेषराज पौडेल, सिवाईसी साकोसका सल्लाहाकार कृष्णशंकर श्रेष्ठ, सिवाईसी साकोसका सञ्चालक कृष्णप्रसाद रिजाल, सिवाईसी साकोस कुश्मिसेरा सेवाकेन्द्रका परामर्शदाता क्या. पदमवहादुर थापा लगाएतले मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा संस्थाका सचिव रुद्रकुमारी थापा र कोषाध्यक्ष लक्ष्मी आचार्यद्धारा प्रस्तुत आर्थिक वर्ष ०७६।०७७ को प्रगती प्रतिवेदन र आय, व्यय विवरण, लेखा परीक्षण प्रतिवेदन र आर्थिक वर्ष ०७७।०७८ को प्रस्तावित नीति तथा कार्यक्रम र कार्ययोजना सर्वसम्मतीले पास गरेको छ ।

संस्थाका अध्यक्ष खगिसरा आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत संस्थाको सञ्चालक खिमकला राना र सञ्चालन लक्ष्मी शर्माले गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय